तुलसी र प्रदिपको रोधी घर बजारमा (भिडियो सहित)

पछिल्लो समय गीतसंगीत र त्यससंग सम्बन्धित भिडियोहरु आउने क्रम जारी छ । पोखरामा रहेर गीत संगीतको क्षेत्रमा सक्रिय युवा गायक प्रदिप त्रिपाठी र तुलसी क्षेत्रीको रोधीघर बोलको दोहोरी गीत बजारमा आएको छ । रोधी घरको झल्को दिने खाल्को गीत र भिडियोमा स्वयं गायक र गायीकाले अभिनय गरेका छन् भने गीतको छायंकन पोखराको न्यूरोडमा रहेको ससुराली रोधी घरमा गरिएको हो । गीतको म्युजिक भिडियोलाई पछिल्लो समयका व्यस्त निर्देशक होम गुरुङले गरेका छन् भने छायंकन गणेश सापकोटा र सम्पादन सुबास अम्गाईले गरेका छन् । हेर्नुहोस् यो रमाईलो गीत ।