आधारभुत स्वास्थ्यकेन्द्र समुद्घघाटन , मानबस्वास्थ प्रती सजक रहन अनुरोध

युवराज रेग्मी
बैशाख ४ , गौरादह /

झापाको गौरादह नगरपालिकाले आज सनिबार नगरपालिकाको वडा न २ मा नबनिर्मित आधारभुत स्वास्थ्य केन्द्रको औपचारिक समुद्घाटन गरेको छ । वडा न २ को मध्यभागमा रहेको हासखोरा चोक देखि करिब ५०० मिटर पुर्बी एकता टोल बिकास छेत्रमा निर्माण गरिएको स्वास्थ्य केन्द्र आज सनिबार उद्घघाटन गरिएको हो ।

संघीय सरकार मार्फत प्राप्त भएको रु २५ लाख बजेट सहयोग र गौरादह नगरपालिका स्वास्थ साखा मार्फत प्राप्त भएको रु ४ लाख गरि जम्मा कुल ३१ लाख बजेट लागतमा उक्त आधारभुत स्वास्थ केन्द्र निर्माण सम्पन्न गरिएको स्वास्थकेन्द्र निर्माण समिती संयोजक तथा वडा न २ का वडा अध्यक्ष एबम कार्यक्रमका सभापती हेमन्त कार्किले स्वास्थ केब्द्र समुद्घाटन कार्यक्रम सम्बोधनका क्रममा जानकारी गराएका थिए ।

तात्कालिन समयमा स्वास्थ्य मन्त्री गगन थापाको कार्यकालमा सहरी स्वास्थ क्लिनिकको नाममा बिनियोजित बजेट मार्फत हाल आएर आधारभुत स्वास्थ केन्द्रको रुपमा निर्माण गरिएको वडा अध्यक्ष कार्किले बताए । कार्यक्रम लाई सम्बोधन गर्दै विशिष्ट अतिथी गौरादह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराईले गौरादह नगरपालिका कर्मचारी परिवारको तर्फ बाट शुभकामना दिदै आधारभुत स्वास्थ केन्द्र बाट प्रबाह गरिने सेवाहरु अरु केन्द्र सरह रहने हुनाले उक्त स्वास्थ्य केन्द्र नजिक रहने स्थानिय हरुलाइ स्वास्थकेन्द्रले प्रदान गर्ने सेवालिन आउन अनुरोध गर्दै स्वास्थकेन्द्रमा आउने नागरिकको उपस्थितिलाई मध्यनजर गर्दै स्वास्थकेन्द्रको सेवा र दरबन्दी पुनरबिचार गरिने बताए ।

हाल उक्त स्वास्थ केन्द्रमा २ जना अहेब र १ जना कर्मचारी कार्यरत रहने र स्वास्थकेन्द्रमा महिला हरुको सामान्य गर्भ जाँचको सेवा समेत उपलब्ध हुने उनले जानकारी गराएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै विशिस्ट अतिथी गौरादह नगरपालिका उप- प्रमुख गिता भेट्वालले गौरादह नगरपालिकाका सबै वडाहरुमा आधारभुत स्वास्थकेन्द्र निर्माण हुने र निजि अस्पातालको मानसिकता हटाएर मानब जिबन सग संबेदनसिल रहेको स्वास्थ प्रती सजक हुँदै आधारभुत स्वास्थ केन्द्रले प्रदानगर्ने स्वास्थ सेवा लिन अनुरोध समेत गरेकी थिइन ।

कार्यक्रमलाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख रोहित कुमार साहले जग्गादाता महानुभाब लाई सम्बोधन गर्दै आफुले मेहेनत गरि कमाएको सम्पती समुदाय र सरकारलाई दान गर्ने दाताहरुलाइ सम्मान ब्यक्त गर्दै दाता हरुले स्वास्थ केन्द्र निर्माणका लागि भुमी दान गरेर पुन्य कमाएको उद्घघोष गरेका थिए । साथै गौरदह नगरपलिका अन्य पालिकाहरु भन्दा सुबिधा सम्पन्न र स्वास्थ सेवा प्रबाहमा अग्रणि रहेको बताउदै आगामी आ. ब. मा गौरादह नगर भित्र बसोबास गर्ने बिपन्न नागरिक हरुको स्वास्थ उपचारको ग्यारेन्टी गर्ने योजना गौरादह नगरपालिकाको आगामी योजनार लक्ष्य रहेको बताए । साथै अझै पनि कोरोना भाइरसको प्रकोप ब्याप्त रहेकोले सम्पुर्ण नागरिकले आफ्नो स्वास्थ नियमित परिक्षण गर्न आवस्यक रहेको बताउदै आधारभुत स्वास्थ केन्द्रमा आवस्यक पर्ने साधन र स्रोत नगरले प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा स्वास्थकेन्द्र निर्माणका निम्ति ३ कट्ठा जग्गादान गर्ने जग्गादाता भोला पोखरेल र स्वास्थ्य केन्द्र् सम्म जाने बाटोका लागि जग्गा उपलब्ध गराउने रामचन्द्र खड्का र धनमाया अधिकारी लाई अबिर तथा खादाले सम्मानित गरिएको थियो ।