झापामा घिमिरेले कुटेर दलितको ह,,त्या गरे भन्दै श्रीमती रुदै मिडियामा, न्याय नपाइ लास नउठाउने, बल्ल खुल्यो सोच्नै नसकिने डरलाग्दो भित्री रहस्य र नालीबेली (भिडियो सहित)

जातीय दुर्व्यवहार गर्दै छिमेकीले निर्घात कुटपिट गरेपछी झापामा एक दलितको ज्यान गएको छ । छिमेकीको कुटाइबाट ५७ वर्षीय बलबहादुर वि.क.को ज्यान गएको आफन्तले जानकारी दिएका छन । आर्थिक रूपमा विपन्न बलबहादुरलाई छिमेकी मोहन घिमिरेले गत सोमबार निर्घात कुटपिट गरेका थिए । निकै गम्भीर घाइते भएका उनको उपचारकै क्रममा बिहीबार राति निधन भएको हो । जातीय विभेदकै कारण घटना भएको पीडित परिवार र छिमेकीको भनाइ छ । घिमिरे परिवारले विगतदेखि नै आफ्ना बाबुलाई जातीय दुव्र्यवहार गर्दै आएको छोरी कञ्चनले बताइन । आर्थिक रूपमा कमजोर विश्वकर्मा परिवार सामाजिक रूपमा पनि बहिष्कृत थिए । ‘सानो जातको भनेर हामीलाई सधैँ गाली गर्ने, हेप्ने गर्थे,’ भन्दै परिवारको रुवाबासी नै चल्यो ।

पत्रकारहरुको टोलि आज घटनास्थलमै पुग्दा नसोचेको दृश्य देखिएको छ । मृतककि श्रीमतीका अनुसार “घरबाट निकै नजिक रहेको छिमेकी घिमिरेले सामान्य कुरालाई ठूलो बनाएर घरमा निर्घात कुटपिट गरेपछि रातभर रगत नै बान्ता गर्दै दुख्यो आमा भन्दै रुदै कराउँदै उज्यालो बनाएका थिए” अस्पताल पुर्याउदा पेटमा आन्द्रा चुडिको बताएका थिए । बिर्तामोडको बिर्ता सिटि अस्पतालमा उपचारका क्रममा २ लाख खर्च लागेको र त्यो नतिरि लास निकाल्न नपाउने भएका कारण अस्पतालमै अलपत्र परेको बताए ।आँखा नदेख्ने श्रीमतीको बिजोक भएको छ । कमजोर आर्थिक अवस्था भएका कारण लास निकाल्न नसक्ने बताउदै श्रीमतीले रुदै यस्तोसम्म सुनाए कि सुनेर सबैको आँखा रसायो । श्रीमतीले रुदै यस्तोसम्म भनेको सुन्दा कस्को मन रुदैन होला! तलको भिडियोमा हेर्नुहोला |