२०७८ सालको बार्षिक राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि भएका व्याक्तिहरुका लागी समग्रमा वर्ष २०७८ शुभ रहनेछ । वर्षभरिनै लाभ भाव र राज्यभावमा गोचर गर्ने बृहस्पतीको अनुकुल प्रभावले विशेष गरी स्कुल,कलेज,कन्सल्टेन्सि,पर्यटन,होटल व्यावसाय,शेयर बजार र बैक तथा वित्तिय जस्ता क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ भने व्यापार व्यावसायकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकनेछ । भाग्यले प्रेमपात्र जुराउनेछ भने माया प्रेम गर्ने जोडिहरुको आफ्नो प्रेम सम्वन्ध विवाहमा परिणत हुनेछ । प्राय वर्ष भरिनै बृहस्पतीको दृष्टि सन्तान भावमा पर्ने हुनाले बंश बृद्धिको गतिलो योग रहेकोछ ।

वर्ष भरिनै राज्य भावमा शनि स्वगृह भएर शश नामको पञ्चमाहापुरुष योगको निर्माण गर्ने हुनाले सरकारी नोकरीमा प्रवेश,पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाइँकै पक्षमा हुनेछन् भने लामो समय देखिको विवाद अन्य हुनेछ । समाजमा बिशिष्ट तथा उच्च पदाधिकारीसँग घनिष्ट सम्वन्ध बनाई राम्रा तथा परिणाममूखी काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले कुटनीतिक क्षेत्रमा प्रगती गर्ने तथा लामो दुरिको अफिशियल यात्रा हुनेछ ।

कर्मभावमा गोचर गर्ने शनिको अनुकुल प्रभावले कम्प्युटर पाट्स,इलेक्ट्रीक सामान,घर जग्गा,र्ईन्जिन,हार्डवयेर,फेक्ट्री तथा उत्पादनमूखि व्यावसाय विगत भन्दा फस्टाएर जानेछ । त्यस्तै सबैखाले पेशा व्यावसायमा विशेष गरी निर्माण सामग्री,औषधी र गाडी वा ईन्जीन सम्बन्धी सामानको व्यापार व्यावसाय गर्नेहरुका लागी शनिले साथ दिनेछ ।
(बाकि भिडियोमा )