निशाको ‘ओ प्रिया’मा पुजा र आकाश (भिडियो)

काठमाडौँ । करिव १ वर्ष अघि सार्वजनिक ‘तस्विर’ बोलको म्युजिक भिडियो मार्फत दर्शक स्रोता माझ लोकप्रियता कमाउन सफल गायिका निशा कंडेलले ‘तस्बिर २ – ओ ! प्रिया’ म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्।

प्रेमिल शैलीको यस गीतमा गायिका कंडेललाई गायक अमन प्रधानले स्वरमा साथ दिएका छन्। यस गीतमा शब्द बिष्णुबाबु देवकोटा रहेको छ। अस्ट्रेलियामा रहेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका टिका दहालले यस गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ।

युवा युवतीबिचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्मा फिचर्ड छन्। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। लिजेन्स इन्टरनेशनलको एजुकेशनको प्रस्तुति रहेको यस भिडियोलाई गायिका कंडेलको आधिकारिक च्यानल ‘निशा कंडेल’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।