मेलिना र लोकको स्वरमा ‘निलो कुर्ताले’ सार्वजनिक (भिडियो)

काठमाडौँ । अमेरिकामा रहेर नेपाली संगीतमा निरन्तर क्रियासिल गायक लोक पौडेलले आफ्नो बिल्कुलै नयाँ गीत ‘निलो कुर्ताले’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

लोकलयमा आधिरित यस गीतमा गायक पौडेललाई चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन्। यस गीतमा शब्द र संगीत दिपक शर्माको रहेको छ। गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन्।

युवा युवतीबिचको प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायिका आँचल शर्मा र मोडल निराजन प्रधान फिचर्ड छन्। शिशिर खातीले कोरियोग्राफी गरेको यस भिडियोलाई उज्ज्वल जोशीले छायांकन तथा सम्पादन गरेका हुन्। शिशिर तामाङ ( छबि ) क्रियटिभ डिरेक्टर रहेको यस भिडियोलाई राज खड्काको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो।

मिरा इन्टरटेन्मेण्टको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गायक पौडेलले ‘वाल्ली होइन पल्ली’, ‘कस्तो लाग्यो तिमीलाई’ लगायत केहि भजन गीतको भिडियो सार्वजनिक गरिसकेका छन्।