विश्व गौडेलको ‘ऐशेलुको काँडा’ सार्वजनिक

काठमाडौ २१ चैत्र । प्रवासमा बसेर नेपाली गीत संगीतलाई माया गर्ने तथा थुप्रै गीतहरुको रचना मार्फत राम्रो चर्चा कमाइसकेका गीतकार विश्व गौडेलको रचनामा ऐशेलुको कांडा सार्वजनिक भएको छ । गीतमा नेपाल आईडल सिजन ३ मा तेश्रो स्थान हासिल गरेर गायक किरण भुजेलको सुमधुर आवजले सजिएको गीतमा संगीतकार शंकर स्माईलीको संगीत रहेको छ भने संगीत संयोजन उदय राज पौडेलको रहेको छ ।

मोडेल सुधीर श्रेष्ठ र ट्विन्स सिस्टर प्रिन्सा खतिवडा, प्रिज्मा खतिवडा, कोरियोग्राफर सुरेन्द्र बस्याल, डेमोन क्षेत्री, उषाको नृत्य र अभिनय रहेको छ । बलापनको साथीलाई बर्षौ पछि भेट्दाको अनुभव र मायालाई व्यक्त गर्न खोजिएको भिडियोलाई र्यान कार्कीले निर्देशन गरेका छन भने छांयाकन बुद्ध थापा सम्पादन बिष्णु खड्काको रहेको छ ।