म त हजुर गाम्ले : बिचौलीया बिरुद्ध शंखर पन्तको सङ्गीतक खबरदारी (भिडियो सहित)

दुलेगौडा – शुक्रबार शुक्लागण्डकी नगरपालीका सभा हलमा एक कार्यकमकाबीच लोक दोहोरि गाएक शंखर पन्तको नयाँ गित “म त हजुर गाम्ले” गितको बिमोचन गरिएको छ.
जब शुक्लागण्डकी नगरपालिकाका मेयर किसान श्रेष्ठको हातबाट गित बिमोचन भई बज्न थाल्यो कार्यकममा उपस्थित धेरैको अनुहारमा “कठै किसानको” भाब देखियो.

बर्ष भरि दुख गर्यो बाझो बारी खान्,
काउली फल्यो बन्दा फल्यो गोलभेंडानी टन्न,
घिरौलाले फुल खेल्यो,फाल्न थाल्यो लौका
आयो कीत जस्तो लाग्छ किसानीको मौका
आदि बारी रायो साग आदि बारी तोरी
हरियाली बाली देख्दा खुशी मनै भरी
सबै टिपे बजार लागे अनि उठायो रिस
किसानीलाई २ रुपिया बिचौलीलाई २०
बिचौलीले जतिनी खानी मेरो कहिलौ उठेन लगानी
म त हजुर गाम्ले कोहिले भन्छन घासे मलाई कोहिले भन्छन नाम्ले
कहिले सुख पाउने होला यो गोठाले कामले

यी शब्दहरु भन्दा परको वास्तविकता छैन देशभरिका कृषकको यिनै यस्तै किसानको दुख र बास्तबिकता बोलेको गित बजारमा लाएका छन गायक शंकर पन्तले जसमा अनु पराजुलीले अभिनय गरेकी छन् मौसम हिमालीले भिडियो निर्देशक हुन् । करन चैसिरले क्यामेरामा कैद गरेका दृश्यलाई प्रविण भट्टले सम्पादन गरेका छन् ।

गीतमा निम्न वर्गीय किसानका पिडालाई समेटेका छन् ‘मेहनत गर्ने किसानले भन्दा विचौलियाले मनग्य आम्दानी गर्छन् । देखेको र भोगेको तीनै किसानको पिडालाई गीतले बोलेको छ’, उनले भने । गित चर्चित भन्दा पनि समाजको एक मेहनती तर सबै भन्दा पिडित बर्गको आवज गितले बोलेका कारण जिबन्त रहने आश शंकर पन्तको रहेको छ |