कुशल बेलबासे र पूर्णकला बि.सिको ‘सनिसार’मा सारिका र शिशिरको मनछुने अभिनय (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा स्थापित नाम कुशल बेलबासेको नयाँ लोक दोहोरी गीत “सनिसार” सार्बजनिक भएको छ।

उक्त गीतलाई सार्बजनिक भए लगत्तै कलाकार तथा संगीत पारखिहरुको तर्फबाट निकै राम्रो प्रतिक्रिया आइरहेको । गायक कुशल प्रत्यक्ष दोहोरी तर्फ निकै राम्रो स्थान ओगटेर पछिल्लो समय अझै आफ्नो सांगीतिक यात्रालाई उचाइतिर लम्काई रहेका छन् । प्रस्तुत गीतमा कुशल बेलबासे र पूर्णकला बि सी को सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द गायक स्वयम कुशल बेलबासेले नै तयार पारेका हुन् ।

एक बाहुन परिवारको छोरोले दलितलाई सिन्दुर भरेर घर भित्राउन खोजेपछि, गाउँले द्वारा छेकथुन भए पश्चात, अहिलेको एक्कासौं सताब्दीमा पनि यस्तो जातीय भेदभाव किन ? भन्ने किसिमको सामाजिक संदेश उनिएको यस गीतको म्युजिक भिडियोमा शिशिर पौडेल र सारिका के सी को जिबन्त अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन नबराज उप्रेती र सम्पादन बिष्णु शर्माले गरेका छन् । यस गीतको चर्चा नै रुडिबादी प्रथा अन्त्यको आवाज हो ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :