दोहोरी च्यापियन कल्पना दाहाललाइ जानी जानी बिबादमा ल्याउन लागेको खुलासा !

काठमाडौँ, नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको ‘दोहोरी च्याम्पियन’ बिबादित भएको सबै लाई थाहा भएकै हो , यसै बीच यो बिषयलाई लिएर पुन्य गौतम र सागर थापाले आ आफ्नो बिचार रखेका छन ।

उनिहरु भन्छन दोहोरी च्याम्पियन सेटिङ र नाटक हो, के कल्पना दाहाल नवगायिका हो र भनेर सोधेका छन्, ‘दोहोरी च्याम्पियन’ को पहिलो एपिसियोड नै आलोचना नै आलोचनाले भरिएको छ । पहिलो भाग प्रसारण भएसँगै यो सो आलोचित बनेको हो ।

लोकदोहोरी क्षेत्रमा स्थापित कतिपय कलाकारहरूले समेत ‘दोहोरी च्याम्पियन’ मा जजहरूको निर्णय गर्ने शैलीलाई लिएर सामाजिक सञ्जालबाटै आलोचना र व्यङ्ग्य गरेका छन् ।

यो कार्यकर्म को निर्णायकका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष गीतकार रमेश बि.जी लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा र गायक तथा गीतकार चन्द्र शर्मा रहेका छन् ।

-लालीगुराँस