निर्दोष नेपाली परे ४१ बर्षसम्म भारतको जे,लमा, बिचरा! ४१ बर्षपछि घर फर्किए चल्यो रुवा, बासी, सुनाए सुरुदेखिको सम्पुर्ण नालीबेली (भिडियो सहित)

इलामको माई नगरपालिकाका दुर्गाप्रसाद तिम्सिना आज स्वदेश फर्किएका छन । कोलकातास्थित दमदम सेन्ट्रल करेक्सनल होममा रहेका दुर्गा प्रसाद जेलमुक्त भएसँगै उनी नेपाल फर्किएका छन । विश्व मानव सेवा विस्तार संस्थाका प्रतिनिधि इन्द्र बस्नेत र दुर्गाप्रसादका आफन्तहरु भारत पुगेका थिए । सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका थिए । उनीमाथिको यो आरोप प्रमाणित भएको भने छैन । उनीविरुद्ध दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ । दार्जिलिङका नैन घलेले आफ्नी श्रीमती हत्या अभियोगमा उनीविरुद्ध जाहेरी दिएको देखिन्छ तर दाइलाई फसाउन फर्जी जाहेरी दिएको उनका भाइ प्रकाशचन्द्र दाबी गर्छन । उनी धेरै बोल्न सक्दैनन ।

भारतको जेलबाट छुटेलगत्तै ‘आफू निर्दोष छु’ भन्ने प्रतिक्रिया दिए । जेलबाट निस्कँदा बोल्दै नबोलेका उनी अहिले सोधिएका जवाफ बिस्तारै दिन थालेका छन । निर्दोष नेपाली ४१ बर्षसम्म भारतको जेलमा परेका उनिले घरमा आउदा सबैको रुवाबासी नै चलेको छ । यसरी सुनाए सुरुदेखिको सम्पुर्ण नालीबेली कि सुनेर सबैको आँखा नै रसायो । तलको भिडियो हेर्दा कस्को मन रुदैन होला!