दमकमा कामना सेवा बैंक बाट निस्किएकी महिलाको एक लाख नगद लुटियो

युबराज रेग्मी

चैत ६ , दमक /
झापाको दमकमा बिहिबार साँझ लुटपाट भएको छ । दमक ६ स्थित पुरानो शब्जि बजार नजिकै कामना सेवा बैंक अगाडि को स्थान बाट एक महिलाले बैंकबाट झिकेर ल्याएको एकलाख नगद पर्स र मोवाईल लुटपाट भएको हो ।

दमक बजारमा समसाझै मानिसहरु ओहोर दोहोर गरिरहेको अवस्थामा मोटरसाईकलमा आएका ब्यक्तिले लुटपाट गरेर भागेको बताएका हुन ।

मोटरसाईकलमा आएका ब्यक्तिले नगद सहितको पर्स र मोबाइल लुटेपछि ति महिला हारगुहार गर्दै कराउदै लुटेरा लाई पछ्याएको नजिकै रहेको एक पसलमा रहेको सि.सि.टि.भी. क्यामेरा फुटेजमा देखिएको छ ।
यसरी ब्यस्त बजारमै चोरी र लुटपाट हुनु लाई स्थानिय हरुले यहाँको सुरक्षा अवस्था फितलो भएको बताएकाछन् ।