‘मकै पिस्ने घट्ट’ मानसिह खड्का र सुमन थापा मगरको भिडियो सार्वजनिक

चैत ४, काठमाण्डौ। नेपाली लोकदोहोरी क्षेत्रमा विभिन्न किसिमका गित संगीत आइरहेको छ भने केही समय अघि कोभिड -१९ ले ठप्प परेको गित संगीतको बजार अहिले चहलपहल हुना थालेको छ, र धमाधम सार्बजनिक हुदै आएको छ ।

लोक संगीतको कुरा गर्ना साथ हाम्रो आफ्नै कला संस्कृति मौलिकता झल्किन्छ पहिलेको पुस्ताका जस्ता गित संगीत भने बजारमा भेटिन छाडिसकेका छन् । तर अहिले पछिल्लो पुस्ताका पनि संगीत बजार भने समय संगै परिवर्तन भएका छन् समय संगै गित संगीतको मुलधार पनि केहि मात्रामा परिवर्तन हुनु नयाँ कुरा भने पक्कै पनि होइन पछिल्लो समयमा आएका गित धेरै जस्तो अहिले करोड को क्लब तिर लैजाने होडबाजी चलिरहेको छ, कलाकार हरुको । यस्तै अहिले नयाँ गित बजारमा एउटा फरक धारको मौलिक गित मकै पुस्ने घट्ट नाम गरेर बजारमा आएको छ।

उक्त गित कृष्ण राई बिन्दास र मान सिंह खड्काको संयुक्त प्रस्तुतिको रहेको छ भने कृष्ण राई प्रवास रहेर पनि उत्कृष्ट सिर्जना हरु आफ्नो कलमको माध्यम बाट दर्शन श्रोता सामु नजिक हुुुँदै आएका छन् । यसो त यस अघि पनि केही चर्चित गित हरुमा पनि बजारमा ल्याएका थिए भने अहिलेसम्म उनले सिर्जना गरेका सिर्जना हरु दर्शक श्रोताले रुचाएका छन् र माया पाएका कारण आज एक पछि अर्को गर्दै बजार तताउने तयारीमा छन् राई । उक्त गितमा स्वर मान सिंह खड्का र सुमन थापा मगरको रहेको छ भने लय मन सिंह खड्काकै रहेको छ शब्द सिर्जना कृष्ण राई बिन्दस को रहेको छ ।

“मकै पिस्ने घट्ट” बोलको गीतको म्युजिक भिडियोमा अभिनय अर्जुन खड्का, मान सिंह खड्का, सुनिता बुढा र अमृता लामिछानेको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ। भिडियोलाई निर्देशन मौसम हिमालीले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन राजकुमार मगरले गरेका छन् । भिडियो हेर्नुहोस्।