‘नुनको भाऊ सुन भयो’ सार्वजनिक (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा नेपालि सामाजिक यथार्थतालाई प्राथमिकता दिएर भर्खरै मात्र “नुनको भाऊ सुन भयो” बोलको गीत सार्बजनिक भएको छ ।

गीतमा दिन प्रतिदिन महंगी बढीरहँदा गरिब निमुखाहरुले जिउन गाह्रो भएको भाव प्रस्तुत गरिएको छ । नुन भाऊ सुन भयो हजुरबा, अब कहिले पाहिएला मोहर माना घिउ, यसरी बुनिएको गीतलाई जनक पौडेल र सिता श्रेष्ठले स्वर भरेका छन् ।

आफ्नै कला संस्कृति र मौलिकताको स्वाद दिन त्यहि गाउँ ठाउँमा पुग्न पर्छ भन्ने भएन, यहि गीत सुन्दा र हेर्दा पनि सबै छर्लंग हुने कुरा कसैले नकार्न सक्दैन । प्रस्तुत गीतलाई लय शब्द जनक पौडेलले भरेका हुन् भने “नुनको भाउ सुन भयो” बोलको गीतको म्युजिक भिडियोमा लोमस शर्मा र सारिका के.सी को मनछुने अभिनय देख्न सकिन्छ ।

गीतको म्युजिक भिडियोलाई बिगत निकै लामो समय यतायस क्षेत्रमा क्रियासिल गायक, सर्जक तथा मोडल बिष्णु बि.सी निर्देशन गरेका छन् । सुरेश श्रेष्ठ द्वारा छायांकन भएको गीतको म्युजिक भिडियोलाई सम्पादन दिपक विष्टले गरेका छन् ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :