चर्चित बाल गायिका समिक्षा अधिकारी र रामचन्द्र काफ्लेले गाएको नया गीत चुर्लुम्म डुबे चर्चामा (यस्तो बन्यो भिडियो )

नेपाली गीत संगीतको महासागरमा अर्को पृथक लोक सैलिको गीत सहित फेरी लोकप्रिय कलाकार तथा सफल संगीत ब्यबसायी सुबास रेग्मी ‘चुर्लुम्मै डुबे’लिएर बजारमा आएका छन।विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको उक्त गीत यो बेला निकै चर्चामा छ। चर्चित गायिका समिक्षा अधिकारी र अर्का लोकप्रिय गायक रामचन्द्र काफ्लेको सुमधुर आवाज रहेको उक्त गीत चर्चमा रहेको छ।

धेरै पछि सुबास रेग्मीले सृजना गरेको गीत बिन्ध्यवानी बाट आएको हो।केहि समय अगाडी टिके नाम दिएर आफैले आवाज दिएको गीत बजारमा ल्याएका थिए।गीतमा चर्चित संगीतकार बीबी अनुरागिको संगीत रहेको छ भने सुबास रेग्मिकै लगानीमा उक्त गीत निर्माण भएको छ।बिन्ध्यबासिनी म्युजिक प्रालिको युट्युब च्यानल मार्फत सार्बजनिक भएको गीतमा चर्चित गायक रामचन्द्र काफ्ले र समिक्षा अधिकारिको सुमधुर आवाज रहेको छ ।

गीतको म्युजिक भिडियोमा दुर्गेश थापा सहित जुम्लिया दिदि बहिनी सामरिका ढकाल र स्मारिका ढकालको अभिनय रहेको छ । भिडियोलाई निर्देशन काजिस श्रेष्ठले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन बिनोद बमले गरेका छन् ।सुबास रेग्मीले अन्य सदबाहर गीतहरुमा पनि लगानी गरेका छन केहि दिननै उनले फेरी नया नया गीतलाई आफ्नो कम्पनि मार्फत बजारमा ल्याउदै छन।