गायक पवन गिरीको ‘मनको व्यथा’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । प्रेम दिवसको अवसरमा आफ्ना दर्शक र श्रोतामाझ नेपाल आइडलका चर्चित गायक पवन गिरीले ‘मनको व्यथा’ म्युजिक भिडिओ सार्वजनिक गरेका छन् ।

उनले आफ्नै स्वर, शब्द सृजना र संगीत रहेको मन व्यथा म्युजिक भिडिओ प्रणय दिवसको अवसरमा उपहार स्वरुप दर्शक र श्रोतामाझ सार्वजनिक गरेका हुन् । मनको व्यथाको संगीत संयोजन विशाल क्षेत्रीले गरेका छन् ।

रिजन थापाको निर्देशन रहेको सो म्युजिक भिडिओमा सुरक्षा पन्त र विष्णु खरेललाई फिचरिङ गरिएको छ । जसलाई प्रतीक ढुंगेलको सम्पादन र राज पोखरेलको छायांकन रहेको छ ।

गीतको भिडियोमा रिजन थापाको कन्सेप्ट र निर्देशन रहेको छ ।

गीतको भिडियोलाई ‘पवन गिरी अफिसियल’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।