पिस कर्प्सले डा. विष्णुमाया परियारको प्रेरणादायी जीवन कथा नारी दिवसको दिन ट्विटद्वारा प्रसारण

वासिंगटन डिसी- अमेरिकी सरकारको शान्ति स्वयम्सेवी संस्था ‘पिस कर्प्स’ ले नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियार(मानार्थ बिद्यावारिधि) को प्रेरणादायी जीवन कथा अन्तर्राष्ट्रिय नारी दिवसको दिन सामाजिक संजाल ट्विटरद्वारा प्रसारण गरी नारी दिवसको शुभकामना व्यक्त गरेको छ।

पिस कर्प्सको ट्वीटर खाताबाट गत मार्च ८ तारिखमा प्रकासित ट्वीटमा डा. परियारको जीवन कहानी प्रकासित गरिएको पिस कर्प्सको वेबसाइट (संजालस्थलमा) ”डा विष्णु माया परियार, जसले नेपालमा लिङ्ग र जातिय भेदभावको विशाल अवरोध पार गरिन । एक गहिरो उनको व्यक्तिगत कथा हिस्सा गर्दछ । जब तपाईं आफैमा विश्वास गर्नुहुन्छ भने केहि पनि असम्भव हुदैन भन्ने यसले देखाउँदछ ”भनेको छ ।

पिस कर्प्सले तीन दशक अघि पिस कर्प्स स्वयमसेवी शिक्षक बनेर नेपाल पुगेका जोन ब्रुगमानले अमेरिका फर्केपछि आफूले पढाएको विद्यार्थी विष्णुमाया परियारलाई उच्च क्षिक्षाको लागि शैक्षिक छात्रवृति प्रदान गरेर जीवनमा ठूलो परिवर्तन ल्याएको डा. परियारको प्रेरणादायी जीवन कहानीलाई सन् २०१९ को अक्टुवरमा आफ्नो आधिकारिक संजालस्थलमा प्रकाशन गरेको थियो ।

डा. परियारले २९ वर्ष पछि उनै शिक्षक ब्रुगमानलाई सोही सालको डिसेम्वर १९ तारिख आफ्नो जन्मदिनको दिन ब्रूगमानकै घर अमेरिकाको सियाटल नजिकैको गाउँमा गएर भेटेकी थिईन्।

यसैबिच पिस कर्प्सले डा. परियारको उक्त प्रकासित जीवन कहानीमा पिस कर्प्स स्वयमसेवी शिक्षक जोन ब्रुगमानसंगको भेटपछिको तस्विर पुन अध्यावधिक गरी नारी दिवसको अवसरमा पुन:प्रकासन गरेको छ।

परियारको जीवनमा पिस कर्प्स स्वयमसेवा परियोजनाले पारेको ठूलो प्रभाव उनको जीवनमा देख्न सकिन्छ। गोर्खाको स्थानीय मनकामना माध्यमिक विद्यालयबाट एसएलसीपछि सोही विद्यालयमा विज्ञान विषय पढाएका पिस कर्प्स स्वयमसेवी शिक्षक जोन ब्रुगमानको आडभरोसामा उनले काठमाण्डौंको पिके क्याम्पसमा स्नातकसम्मको अध्ययन पुरा गरेकी थिईन् ।

अमेरिकाको क्लार्क विश्वविद्यालबाट सन् २००७ मा अन्तर्राष्ट्रीय बिकास र सामाजिक परिवर्तन विषयमा स्नातकोत्तर हाँसिल गरेकी थिइन् । डा. परियारले अमेरिका आएपछि पाईनमानोर महा बिद्यालयबाट पुन: स्नातक गरेकि थिईन् भने सोही कलेजले सन् २०१३ मा उनको सामाजिक उत्थानमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै मानार्थ विद्यावारिधि प्रदान गरेको थियो।

त्यसैगरी, सन् २०१५ मा अमेरिकाको केन्टकी राज्यको लुईभिल शहरका नगर प्रमुख ग्रेग ई. फिसरद्वारा डा. परियारको सामाजिक योगदानको उच्च कदरस्वरूप सेप्टेम्वर २७ तारिखलाई ‘डा. विष्णुमाया परियार डे’ घोषणा गरिएको थियो। प्रवासमा जीवित छँदै आफ्नो नाममा दिवस मनाईने सम्मान प्राप्त गर्ने डा. परियार पहिलो डायस्पोरा नेपाली हुन्।

डा. परियारले सन् १९९८ मा स्थापना गरेको संस्था एड्वानले नेपालमा हालसम्म २३ हजारभन्दा बढी बालवालिकाहरू र ६० हजारभन्दा वढी दलित र सिमान्तकृत महिलाहरू र तिनका परिवारलाई शिक्षा, आर्थिक सक्षमता, स्वास्थ, मानवाधिकार, कृषि र आर्थिक उपार्जनजन्य विभिन्न तालिम र परियोजनाहरू सन्चालन गरी समाजिक परिवर्तन गर्न सफल भएको छ।

डा. परियार अमेरिकामा घरेलु हिंसा र यौन हिंसा विरूद्ध पारिवारिक वकालत ,परामर्शदाता र निर्देशकको रूपमा कार्यरत छिन् भने अन्तर्राष्ट्रीय स्तरमा जन वक्ताको रूपमा सुपरिचित बौद्धिक व्यक्तित्व हुन्।