न्यूयोर्कमा अन्तर्राष्ट्रिय नारी दिवसमा आमाको नाममा अष्ट माया फाउण्डेसनको स्थापना

न्यू योर्क शहरका चर्चित नेपाली व्यवसायी समीर महर्जनले आफ्नो परिवारसंग मिलेर आफ्नी ८५ वर्षीय आमा अष्ट माया महर्जनको नाममा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर च्यारिटेबल संस्था ‘अष्ट माया फाउण्डेसन’ को स्थापना गरेका छन्। १० हजार डलर सिड फण्डिंगबाट शुरू गरिएको फाउण्डेसनको उदघाटन सामाजिक अभियन्ता डा. विष्णुमाया परियार र युनाईटेड शेर्पा एशोसियसनकी नवनिर्वाचित प्रथम महिला प्रेसिडेंट छिरिंग शेर्पाले संयुक्तरूपमा गरेका थिए। न्यू योर्कको ज्याक्सन हाईट्सस्थित समीर महर्जन र उनकी श्रीमति सूर्य श्रेष्ठ महर्जनद्वारा संचालित कुईन्स डाईमण्ड एण्ड ज्वेलरीको लक्जरी सेक्सनको शुरूवातीसंगै स्थापना गरिएको फ़ाउण्डेशनले नेपालमा आर्थिक सक्षमता, समानता र शिक्षामा अनुदान गर्ने जनाएकोछ।

उक्त उद्घाटन समारोहमा कुईन्स डाईमण्ड एण्ड ज्वेलरी कम्पनीले समाजमा पुर्याएको योगदानको कदर गर्दै डा. विष्णुमाया परियार र युनाईटेड शेर्पा एशोसियसनकी नवनिर्वाचित प्रथम महिला प्रेसिडेंट छिरिंग शेर्पालाई सम्मान समेत गरेको छ।

को हुन् आमा अष्ट माया महर्जन ?

आमा अष्ट माया महर्जन कुईन्स डाईमण्ड एण्ड ज्वेलरीका प्रोप्राईटर समीर महर्जनकी आमा हुन्। हाल ८५ वर्षीय आमा अष्ट माया महर्जन विगत ३ वर्षदेखि अल्जाईमर्स रोगसंग लडीरहेकीछिन्। उनी अहिले नेपालको ललितपुर, पाटनस्थित समीरका माहिलो दाईसंगै घरमा अन्य परिवारको साथमा उपचाररतछिन्। समीरका बुबा ८४ वर्षीय बाबुकाजी महर्जन आमाकै साथमाछन्। न्यू योर्कमा फ़ाउण्डेशनको उद्घाटनपछि समीरले आमासंग बोलेको तर असक्तताको कारण आमाले आफ्नो नाममा फाउण्डेसन खोलेको कुराको भेउ पाउन नसकेको कुरा भावूक हुँदै बताए।

समीरका दुई दिदीहरू र दुई दाजूहरू नेपालमै छन्। उनी कान्छो छोरो हुन्। समीरको श्रीमति सूर्य श्रेष्ठ महर्जन, दुई छोरीहररू र एक छोरा भने अमेरिकामै छन्। अमेरिकामा सन् २००४ देखि ज्वेलरी गरगहनाको शोरूम सहितको व्यावसाय शुरू गर्ने उनी पहिलो नेपाली पनि हुन्। उनीहरूको हाल अमेरिकाको तीनवटा सहरहरूमा ज्वेलरी पसलहरू छन्- न्यू योर्कको ज्याक्सन हाईट्समा, मेरिल्याण्डको सिल्भरस्प्रिंगमा र क्यालिफोर्नियाको सान होजेमा। उनको व्यवसायिक सफलतासंगै अमेरिकी ईंक म्यागाजिनले सन् २०१९ मा अठ्ठाईस सय अमेरिकी ज्वेलर्स मध्येबाट समीरलाई The Synchrony Pillars Project अन्तर्गत चुनेर फिचर प्रकासन समेत गरेको थियो।

नेपालमा सन् १९८० मा गरगहना व्यावसायमा प्रवेश गरेका समीरको परिवारको हाल काठमांडूको न्यूरोड र ललितपुरको पाटनमा गरी दुईवटा शोरूम रहेको छ भने १५० कारीगरहरूले गरगहना डिजाईन र उत्पादन गर्ने गरेको उनले जानकारी गराए।