पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा सरु लिम्बू एक्लैले १० गोल

Nepal’s Saru Limbu scored 10 goals for Masha United put her team’s 19-0 score
पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा मासा युनाइटेडका तर्फबाट त्यस्मा सहभागी नेपाली महिला फुटबल खेलाडीहरुले आफ्नो टिमले गरेको १९ गोलमध्ये १७ गोल गरेर गोलको वर्षा नै गरेका छन् र त्यस्मा पनि सरु लिम्बू एक्लैले १० गोल गरिन ।

पाकिस्तानको एक मात्र आधिकारिक महिला लिगका रुपमा रहेको प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपाली राष्ट्रिय टिमका चार खेलाडी सम्मिलित मासा युनाइटेडले सियालकोट सिटीमाथि १९–० को जित निकाल्दा नेपालकी सरु लिम्बू एक्लैले १० गोल गरेकी हुन ।

सरु गत फागुनमा सम्पन्न राष्ट्रिय महिला लिगको उत्कृष्ट खेलाडी हुन् ।

यस्तै अनिता केसीले पनि दोहोरो ह्याट्रिकसहित ६ गोल गरिन भने डिफेन्डर गीता रानाले एक गोल गरिन । मासाका लागि जारा इकबाल र सम्रोज समरिनाले एक/एक गोल गरे ।

माशाले आफ्नो दोस्रो खेल आउँदो मंगलबार कराँची युनाइटेडसँगै खेल्नेछ ।

हार्दिक बधाई नेपाली छोरी सरु लिम्बू !!!

श्रोत: लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विस्व संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) का विस्व सल्लाहकार रामकुमार श्रेष्ठको फेसबुक पेज

Twitter: @Ramkshrestha