तराईका बहुचर्चित मोडेलसंग रोमान्स गर्दै भर्सस्टाइल गायक रूद्रसेन विश्वकर्मा

काठमाण्डौँ, फागुन २२ | भर्सस्टाइल गायक रूद्रसेन विश्वकर्माको नयाँ म्युजिक भिडियो ‘आबन बैठ भट्भटिया प’ वर्ल्डवाईड रिलिज गरिएको छ ।

भिडियोमा उनी तराइका बहुचर्चित मोडेल लजिना सुबेदी, लीजा कौसल, पूजा ठाकुर, माही खान, रोजिना क्षेत्री, सबिका भट्टराईसंग रोमान्स गर्दै गरेको देखाइएको छ बने अत तिथी कलाकारका रुपमा नीर कुमारी विश्वकर्मा (सविना)लाई फिचर्ड गरिएको छ ।

गायक रुद्रसेनकै शब्द तथा संगीत रहेको भिडियोलाई प्रदिप कुमार रसाईलीले निर्देशन तथा कोरियोग्राफी गरेका छन भने नविन वि क, बिशाल लामा, बिपिनले कोरियोग्राफीमा सघाएका छन ।

नीर कुमारी विश्वकर्मा (सविना)को प्रस्तुति, रुद्रसेन कृयसन प्रा लि तथा जनता डिजिटल फिल्म्स प्रोडक्सनमा निर्माण गरिएको भिडियोमा नबिन गिरीको छांयाकन, राजु सर्‍फको ड्रोन कार्य, बिनिता पुरीको मेकअप तथा अमृत चपागाईको सम्पादन रहेको छ ।

गीत र भिडियो दुबैलाई हेरेर सुनेर प्रतिकृया दिन हुन गायक रुद्रसेनले सम्पूर्ण संगीतप्रेमी दर्शकश्रोता, शुभचिन्तक तथा मिडियालाई आग्रह गरेका छन ।

भिडियोलाई रुद्रसेन विश्वकर्माको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।