लालुमैपछि सन्दीपले ल्याएको सान्बाबुमा स्मारिका र समारिकाको लोलाग्दो अभिनय

काठमाडौँ । लोकप्रिय गायक सन्दीप न्यौपानेले लालुमैको सफलतासँगै नयाँ गीत सान्बाबुको भिडियो सार्वजनिक गरेका छन् । जसमा सन्दखीपसँग लोकप्रिय गायिका सम्झना भण्डारीको स्वर रहेको छ । जसमा संगीत संयोजन लोकप्रिय संगीतकार सु्दिप सागरको रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा टिकटकबाट चर्चा कमाएका सुन्दरी दिदी बहिनीद्धय स्मारिका र समारिका ढकालसँग गायक सन्दीपको गज्जबको छमछमी देख्न सकिन्छ ।

नवराज उप्रेतीको छायांकन रहेको भिडियोको सम्पादन विष्णु शर्माले गरेका हुन् । शिव हमालको च्यानबाट बजारमा आएको गीतको भिडियो रिलिज लगत्तै राम्रो प्रतिक्रिया आइरहेको गायक न्यौपानेले बताए । सन्दीपका यसअघि लालुमै, ओक्कल दोक्कल काली भन्न मिलेन, लगायतका गीतका भिडियोहरुले ब्यापक चर्चा कमाएका छन् ।