राष्ट्रिय सभा गृहमा भर्खरै विप्लवको शानदार ईन्ट्री, विप्लवको हात यसरी समाते ओलीले ! (भिडियो)

बिहीबारमात्र सरकारले प्रतिबन्ध फुकुवा गरेका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’

प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सार्वजनिक भएका छन्। शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीसँग विप्लव प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा सार्वजनिक भएका हुन्।

प्रधानमन्त्री ओली र विप्लव सँगै मञ्चमा देखिएका थिए। प्रधानमन्त्रीले उपस्थितलाई हात हल्लाए। रातो टीका लगाएर आएका विप्लवले पनि हात उठाए।

त्यही क्रममा प्रधानमन्त्री ओलीले उनको हात समाते। त्यसपछि विप्लवले लालसलाम गरे। विप्लव नेतृत्वको नेकपालाई सरकारले दुई वर्षअघि प्रतिबन्ध लगाएको थियो।