सामुदायिक प्रहरीको साइबर अपराध सचेतना कार्यक्रम सम्पन्न

युबराज रेग्मी
फाल्गुन १८, झापा /
“हरेक गाउँ सहर र नगरी , टोल टोलमा नेपाल प्रहरी” भन्ने नारा लिएर स्थापना भएको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत हिजो सोमबार झापा जिल्लाको गौरादह नगरपालिका अन्तरगत रहेको ईलाका प्रहरी कार्यालय गौरादहले सामुदायिक प्रहरी साझेदारि कार्यक्रम मार्फत बिद्यालयका बिध्यार्थीहरु माझ साइबर अपराध सम्बन्धि सचेतना कक्षा सम्पन्न गरेको छ ।

गौरादह नगरपालिका वडा न १ स्थित जनता माध्यमिक विद्यालयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक रमेश कुमार मेहताले साइबर अपराध सम्बन्धि सचेतनात्मक कक्षा संचालन गरेका थिए ।

कार्यक्रम लाई सहजीकरण गर्दै प्र.ना. नि. मेहताले साईबर क्राइमको बारेमा परिचय, साइबर अपराधका प्रकार , साइबर अपराध बाट बच्ने उपाय , साइबर अपराध सम्बन्धी कानुनी व्यवस्था तथा साइबर अपराध भएमा उजुरी गर्ने तरिका लगायतका बिषयमा सचेतनात्मक कक्षा संचानल गरेका हुन ।

विद्यालयका प्रधानाध्यापक हरी प्रसाद अधिकारीको स्वागत मन्तव्य सहित संचालन भएको सचेतनामुलक कक्षा लाई विभिन्न जानकारी हरु गराउदै प्र.ना. नि. मेहताले ७० मिनेट जति सहजिकरण गरेका थिए ।