देवि धर्ति मगर र सन्ध्या बुढाको ‘खित्त खित्त हास्थे’ सार्वजनिक (भिडियो)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा चर्चीत गायक पशुपती शर्मा , गायिका देवी घर्ती , गायक अर्जुन सापकोटा र गायिका सन्ध्या बुढाको स्वरमा रहेको ” खित्त खित्त हाँस्थे”बोलको गीत बुधवार सार्वजनिक भयको छ।

गीतको लय शब्द शृजना दुर्गा पौडेलले गरेका हुन्। निकै उत्कृष्ट लय शब्दमा तयार पारिएको उक्त गीतको भिडियो पनी निकै उत्कृष्ट बनेको छ। भिडियोमा पशुपती शर्मा ,देवी घर्ती, अर्जुन सापकोटा सन्ध्या बुढा लगायतका कलाकारले अभिनय गरेका छन।

भिडियो निर्देशन /छायांकन दुर्गा पौडेलनै गरेका हुन भने सम्पादन नविन घर्ती मगर ले गरेका हुन,भिडियो गुड लक नेपालको यूट्युब च्यानल बाट सार्वजनिक गरिएको छ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :