यिनै हुन् साहसी, हिमतवाला पाइलट बहिनि जसले आफ्नो दाई को न्यायको लागि अब चाल्दैछिन् यस्तो कदम , घटना को वा’स्तवि’कता के हो ?

मोरङ ।मोरगं उर्लावारीमा भएको घटनाले अहिले सामाजिक सञ्जालमा मात्र होइन ठूला मिडियाहरुले पनि चासो दिएका छन् । उर्लावारीमा करिब २ महिना अघि निधन भएका प्रविण वस्तोलाको घटना थप रहस्य म भएको । उनको वहिनी सदिक्षा वास्तोला जसलाई पुजा भनेर पनि चिनिन्छ, उनले प्रहरी कार्यालयवाट गरेको लाइभ भिडियोमा प्रहरीले मिसिलमा नक्कली तस्बिर राखेको कुरा प्रसारण गरीदिएपछि अहिले सो घटना चर्चामा आएको हो ।

प्रविणको वहिनी सदिक्षाले प्रहरीले मिसिल तयार पार्दा नै गलत तरिकाले तयार पारेको जनाएकी छन् । उनले मिसिलममा आफ्नो दाईको तस्बिर नभएर अरुकै तस्बिर राखेर मुद्दा कमजोर पार्ने को शिष गरेको बताएकी छन् । उनले त्यस विरुद्ध आवाज उठाउँदा प्रहरीले आफुहरु माथि नै यातना दिएको बताएकी छन् । उनले सक्कली मिसिल देखाउन आग्रह गरेको बताएकी छन् ।

उनले फोटोशपवाट अर्कै फोटो तयार पारेर मिसिलमा राखेको सदिक्षाको भनाई छ । उनले सक्कली फाइल माग गर्दै अब जिल्ला प्रहरी कार्यालय जाने पनि बताएकी छन् । उर्लावारी प्रहरीले सक्कली फाइल जिल्ला पठाइसकेको बताएपछि अब जिल्लामै गएर वास्तविकता के हो खोज्ने बताएकी छन् । प्रहरीले फाइलमै गलत प्रमाण राखेर आफ्नो दाईको हत्या गर्नेहरुलाई प्रहरीले नै संरक्षण गरेको आरोप प्रवीणको वहिनीको भनाई छ । उनले सो घटनाका बारेमा प्रहरीले नै छा नविन समिति गठन समेत गरिएको भएपनि आफुलाई त्यस बारेमा थाहा नभएको बताएकी छन् ।