झापामा फेरि घट्यो यस्तो ड,रलाग्दो घटना । घरबेटीले खोले घटनाको नालीबेली (भिडियोसहित)

उर्लाबारी । पाँचथरको फालेलुङ गाउँपालिका वडा नं. ६ का ३४ बर्षीय मनकुमार राईको रहस्यमय तरिकाले मृत्यु भएको पीडित परिवारले आरोप लगाएका छन् ।
श्रीमति शनि लिम्बूसँग झापाको दमकमा बस्दै आएका मनकुमारले झुण्डिएर आत्महत्या गरेका थिए । तर, पीडित परिवारले झुण्डिएर नभई हत्या गरी झुण्डाएको हुन सक्ने आशंका गरेका छन् ।

श्रीमति शनिसँग मनकुमारको मनमुटाब रहेको कारण पनि हत्या गरेको हुन सक्ने पीडित परिवारले बताएको छ । दोषीलाई कार्वाहीको माग गर्दै पीडितहरुले इलाका प्रहरी कार्यालय दमकमा उजुरीसमेत दिएका छन् ।