प्रजातन्त्र दिवसको अबसरमा ने. बि . संघ झापा द्वारा बारादसी गापा लाई ज्ञापन : स्नातक तहको क्याम्पस स्थापनाको माग

युबराज रेग्मी, फाल्गुन ७ ,झापा/
नेपाल बिध्यार्थी संघ जिल्ला कार्य समिति झापा र बारादशी गाउँ इकाई समितिले गाउँपालिका छेत्रमा स्नातक तहको क्याम्पस स्थापनाको माग राख्दै बारादसी गाउँपालिका लाई ध्यानाकर्षण गराएको छ ।

७१ औं प्रजातन्त्र दिवसको अबसर पारेर ने .बि. संघ झापाका अध्यक्ष राजेन्द्र उप्रेतीको नेतृत्वमा गाउँपालिका पुगेको बिध्यार्थीको टोलिले पालिकाका योजना अधिकृत तेजप्रसाद रेग्मीलाई आज शुक्रबार ध्यानाकर्षण पत्र बुझाएको हो ।

ने. बि. संघ जिल्ला अध्यक्ष उप्रेती र गाउँपालिकाका कार्यबाहक अध्यक्ष संजय शाहद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा स्नातक अध्यापनका लागि गाउँपालिकामा एउटा क्याम्पस स्थापना गरिदिन पालिका लाई ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्रमा पालिका भित्र क्याम्पस स्थापना नभए सम्म अध्ययनका लागि अन्यत्र जाने विद्यार्थीहरुका निमित्त छात्रवृत्ति कोष स्थापना गरीदिएर बिद्यार्थीहरु लाई राहत दिन अनुरोध समेत गरिएको छ ।

हाल पालिकामा स्नातक तहको एउटा पनि कलेज नभएकोले बिध्यार्थी हरु अध्ययन निमित्त अन्यत्र जान बाध्य छ्न । सामान्य जीवनस्तर भएका मानिसहरुको बसोबास रहेकोे बारादशी पालिकाका बिध्यार्थीहरु अध्ययनका लागि अन्यत्र जान बाध्य हुदा बिध्यार्थी र अभिभावक लाई आर्थिक भार पर्ने गरेको हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ। बिज्ञप्तिमा भनिएको छ , स्नातक तहको क्याम्पस स्थापनार्थ जोड दिनहुन हार्दिक अपिल गर्दछौ ।