छायांकनमा ‘क्यारेङ ग्याङ ३’

काठमाडौं ३ फागुण । क्यारेङ ग्याङ १, र २ को सफलता पछि एसएन डिजिटलको प्रस्तुतिमा चलचित्र ‘क्यारेङ ग्याङ ३’ निर्माण भएको छ । राजु लामाको लेखन, निर्देशन रहने चलचित्रमा करिना कक्षपति, नारायन घिमिरे, श्याम राई, मान बहादुर थापा, मोहन अभिलाशी, रत्नमान लामा, सुवाष सिल्वाल, सरस्वती घिमिरे आदि कलाकार रहने छ ।

छायांकनको क्रममा रहेको ‘क्यारेङ ग्याङ ३’ मा संगीत मनोज चौलागाई र हस्त गौतम, शब्द बिबि थापा, प्रमोद भण्डारी, गायक तथा गायिकामा लिजा लामा, कौशलराज खड्का, रुपक डोटेल, प्रताप दास, सानु खतिवडा रहेका छन् । समसामयिक बिषयवस्तुमा आधारित यस चलचित्रका निर्मातामा लिजा लामा र ललिता लामा रहेका छन् भने केही दिनमै गीत सार्वजनिक गरिने निदेृशक लामाले बताए ।