“जनयुद्ध दिवसकै दिन जनमुक्ति सेनाको राष्ट्रिय भेला, प्रचण्डसँग सम्बन्ध बिच्छेदको घोषणा”

माओवादी जनयुद्धको २६ औं वर्ष पुगेकै दिन प्रचण्डको आह्वानमा युद्ध लडेका माओवादी ‘जनमुक्ति सेना’को एउटा समूहले प्रचण्डसँगको सम्बन्ध बिच्छेद गरेको छ ।

बुटवलमा जारी पूर्व जनमुक्ति सेनाको राष्ट्रिय भेलाले केपी ओली नेतृत्वको नेकपालाई साथ दिने निर्णय गर्दैछ । फागुन १ गते जनयुद्ध दिवस स्थापना दिवसको दिन पारेर माओवादी जनयुद्धकालमा गठित जनमुक्ति सेनाको राष्ट्रिय भेला बुटवलमा शुरु भएको हो ।

भेलामा देशभरका करिब ६ सय पूर्वलडाकु सहभागी छन् । गणतन्त्रका जिउँदो शहिदलाई जनयुद्धका कमाण्डर पुष्पकमल दाहालले पटक पटक धोका दिएको र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना माग सम्बोधन गर्ने प्रतिवद्धता गरेकाले आफ्नो भेलापछि ओलीको सभामा सहभागी हुने पूर्व कमाण्डर दुर्गाप्रसाद चौधरीले बताए ।

ठाउँ-ठाउँमा यो भेलामा आउनेलाई प्रचण्ड समूहले रोक लगाएको उनीहरूले गुनासो गरेका छन् । pathivara daily बाट