शिक्षक महासंघ गौरादह आन्दोलित

सान नेपाल
माघ २९,झापा/
शिक्षक महासंघ गौरादह नगर समितिले जथाभावी बजेट कटौती गर्ने नगरको कदम विरुद्ध चरणबद्ध आन्दोलन छेड्ने चेतावनी दिएको छ । शैक्षिक क्षेत्रमा नियमविपरीत बजेट कटौती गरेर अन्याय गरेको भन्दै महासंघले बिरोध जनाएको हो । महासंघले हिजो (बुधबार) पत्रकार सम्मेलन नै गरि नगरपालिका विरुद्ध आन्दोलनको तालिका सार्वजनिक गरेको छ ।

अार्थिक वर्ष २०७७/७८ मा छैटौं नगरसभाबाट पारित शिक्षा बजेट अन्तर्गत नगरपालिकाले बाल शिक्षक र कर्मचारी प्राेत्साहन, विद्यालय कर्मचारी निवृत प्राेत्साहन, अंग्रेजी शिक्षक प्रा. वि. तह स्वयसेवक र प्ले ग्रुप कक्षा व्यवस्थापन शीर्षकमा वजेट कटाैती गरेकाे विषयलाई महासंघले गम्भीर रूपमा लिएको जनाइएको छ । नगरपालिकाले बाल शिक्षक र कर्मचारी प्राेत्साहन शिर्षकमा १४ लाख ४० हजार रूपैयाँ, विद्यालय कर्मचारी निवृत प्राेत्साहन शिर्षकमा ४ लाख रूपैयाँ, २० जना अंग्रेजी शिक्षक प्रा. वि. तह (स्वयंसेवक) शिर्षकमा ३९ लाख रूपैयाँ र प्ले ग्रुप कक्षा व्यवस्थापन शिर्षकमा ८ लाख रूपैयाँ कटाैती गरेकाे महासंघका अध्यक्ष बाबुराम भण्डारीले पत्रकार सम्मेलनमा बताएका थिए ।

कटाैती गरिएकाे बजेटकाे विषयमा व्यक्तिगत तथा संस्थागतरूपमा पटक -पटक ध्यानाकर्षण गराए पनि नगरपालिकाले गम्भीरतापूर्वक नलिएकाेले चरणवद्व आन्दाेलन गर्नु पर्ने बाध्यता भएकाे अध्यक्ष भण्डारीको भनाइ छ । महासंघले पहिलाे चरण अन्तर्गत विभिन्न सञ्चार माध्यमहरूलाई जानकारी गराउने, फागुन २ गते नगरपालिकामा ध्यानाकर्षणपत्र बुझाउने, फागुन ६ गते विद्यालयका पिटिए अध्यक्ष, व्यवस्थापन समिति अध्यक्ष र दलगत प्रतिनिधिहरूसंग छलफल गर्ने र फागुन ९ गते कार्यपालिका सदस्यहरूसंग अन्तरक्रिया गर्ने रहेकाे छ । त्यसैगरि महासंघले दाेस्राे चरणमा फागुन १४ गते एक दिन विद्यालय बन्द गरि सम्पुर्ण शिक्षक, कर्मचारीहरू डिपुचाैकमा भेला भई प्ले कार्ड बाेकी नगरपालिकाकाे कार्यालयमा शिक्षक, कर्मचारी हाजिर खाता बाेकी नगरपालिकामै हाजिर गरि नगरपालिका घेराउ गर्ने , फागुन २१ गते नगरपालिकाकाे सम्पुर्ण बाल शिक्षक, कर्मचारी तथा शिक्षक महासंघका पदाधिकारीहरू धर्ना दिने र तेस्राे चरणमा महासंघले अझ सशक्त एवम् कठाेर अान्दाेलनकाे कार्यक्रम सार्वजनिक गरेकाे छ ।

गाैरादह शिक्षक महासंघका अध्यक्ष भण्डारीले नगरपालिकाले हालसम्म नगर शिक्षा समिति गठन नगरेकाे हुँदा प्रचलित कानुन बमाेजिम नगर शिक्षा समिति तुरुन्त गठन गर्नुपर्ने माग गरेका थिए ।