आमाले भेटिन गो-ली -पोखरामा फिल्मी शैलिमा गो*लि चल्यो | कपडा छाम्दा भेटियो गो*ली कसले गर्यो यस्तो ?

पोखरा महानगरपालिका–१४ मा यहि माघ २३ गते साँझ गोली चल्दा एक जना घाइते भएका हुन् । महतगौंडामा अज्ञात व्यक्तिको गोली प्रहारबाट होमबहादुर विक घाइते भएका हुन् ।

सुरुमा मिडियामा र उपचारमा खटिएका चिकित्सकले उनलाई गोलि प्रहार नभएर कुनै हतियार प्रहार भएको हुनसक्ने आशंका गरेका थिए। आज घटना भएको ५ दिनपछि अस्पताल बात छोराको कपडा लैजानुस आमा भनेर बाहिर ल्याएर हेर्दा उनले आफुले लगाएको कपडा बाट गोलीको टुक्रा निस्किएको बिककि आमाले बताएकी छन। गोली कै टुक्रा हो या केहि बस्तु हो भन्ने प्रयोगशालामा लगेर हेरेसी मात्र थाहा हुने प्रहरीले जानकारी दिएको छ। घटना कसरी भयो ? कोहि कसैसंग केहि रिसिबी थियो या कसरी भयो यस्तो भन्ने बारेमा हालसम्म केहि तथ्य बाहिर आउँन सकेको छैन।

आज गोलीको टुक्रा जस्तै देखिने धातु भेतिएपछि भने यो केश झन् जटिल बन्न पुगेको छ। एकजना मानिसलाई पोखरा जस्तो शहरमा नै गोली प्रहार गरिन्छ भने कसरी नागरिक आफु सुरक्षित भएको अनुभव गर्न सक्छन ? यो गम्भीर खालको बिषयले यति बेला पोखराको सुरक्षा व्यवस्था माथी नै प्रश्न सृजना गरेको छ।

एकातिर चिकित्सक भन्छन गोली हैन होला यो हतियार केहि प्रहार होला। अर्को तिर बिरामी भन्छन मलाई गोली नै हानिएको हो। आफन्तका अनुसार आज भेटिएको टुक्राले पनि अब पक्कै पनि गोली नै प्रहार भएको पुस्टि हुन् आउछ।

विजुली सम्बन्धी काम गर्ने विक पर्वत स्थायी घर भएका हुन् । घटनास्थलमा प्रहरीले सुरक्षा कडा पारेको थियो भने पोखराबाट बाहिर निस्किने नाकाहरुमा सुरक्षा जाँच कडाई परेको थियो। के कति कारणले गोली चलाइएको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले अनुसन्धान जम्भिर्ताका साथ् जारी रहेको र गोली हान्ने मान्छेलाई छिटैनै पक्राउ गरी सबैको अगाडी ल्याउने जानकारी दिएका छन ।

घाइते विकको पोखराको गण्डकी मेडिकल कलेज (ज। यम। सी } अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सुरुमा सामान्य रहेको भएपनी दिन बित्दै जादा झन् झन् जटिल हुदै गएको आफन्तले बताएका छन।

घरको आर्थिक अवस्था पनि कम्जोर रहेको र भाईको उपचारको लागि पैसा पनि नभएको हुनाले सबैले सहयोग गरिदिनुहुन उनकी दिदिले सहयोगको अपिल गरेकी छिन।

गोली लागेर घाईते भएका बिकको पछ्ल्लो अवस्था कम्जोर हुदै गएको छ। गम्बिर अवस्थामा पुगेका बिक यति बेला बोल्न पनि नसक्ने अवस्थामा पुग्न लागेका छन। स्थलगत रुपमा हामीले पनि उनलाई अस्पतालमा भेट्ने र केहि बुझ्ने कोसिस गरेका थियौ तर उनको अवस्था अहिले निकै गम्भीर भएको रहेछ।

यस समाचार पढ्दै गर्दा हामी हाम्रा दर्शक महानुभावलाई पनि उहाको उपचार र न्यायको लागि सहयोग गरिदिनुहुन अपिल गर्न चाहान्छु। सहयोगको लागि उहाको परिवारको नम्बर हामी अर्को सुचनामा प्रकाशन गर्ने छौ। यदि पोखरामा नै हुनुहुनेले सहयोग गर्न चाहानुहुन्छ भने अस्पतालमा आएर उहाको आफन्तलाई भेट्न सक्नुहुने छ।

हामी सबैले आशा र प्राथना गरौ छिटैनै घाईते भएका बिकको स्वास्थ्य अवस्थामा सुधार आउने छ र वास्तविकता बाहिर आउने छ।