किर्तिमानधारी ठकुरीद्वारा देशको लागि नयाँ फ़ाङ्गकार्योको निर्माण, राजदुत डा कार्कीद्वारा सम्मानित

७ पटक बिश्व किर्तिमान गरेका कीर्तिमानधारी उज्ज्वल ठकुरीले देशको लागि नयाँ फ़ाङ्गकार्योको निर्माण गरेका छन । मार्सल आर्ट्स अन्तर्गत कै लागि उनले आफ्नो देशको लागि निर्माण गरेको फ़ाङ्गकार्योको लागि अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की(बिद्या वारिधि)ले ठकुरीलाई सम्मानसाथ प्रमाणित समेत गरि दिएका छन् ।

राजदुत कार्कीले उनले गरेको उक्त कार्यको प्रशंसा गर्दै सबै नेपालीको लागि गौरवको कुरा बताए । सम्मान कार्यक्रममा सम्मानपत्र सहित राजदुतावासमा कार्यरत कुटनैतिक/कर्मचारीहरुको बीचमा प्रदान गरे । उनले यो हेर्दा सानो देखिन्छ तर देशको लागि ठुलो काम हो राजदुतले भने ।

साथै अझ खेलकुदमा अघि बढ्नुस र देशको नाम राख्न शुभकामना दिए । विदेशमा बसेर देशको नाम राख्ने प्रत्येक नेपालीको सम्मान राजदुतद्वारा हुन्छ र गरिन्छ र गर्नु पर्छ राजदुतले भने ।

किन गरे राजदुतले सम्मान गरे :

बिश्वलाई चुनौती दिंदै उज्ज्वल ठकुरीले “फ़ाङ्ग गरेर विभिन्न विधामा अमेरिकामा राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक जित्न सफल हुनुको साथसाथै ७ वटा बिश्व किर्तिमान कायम गरेका ठकुरी हुन्। ठकुरीले देशको लागि धेरै ठुलो विधा निर्माण गरि रहेका छन् । त्यो विधाको नाम हो “फांग कार्यो” । केहो त ” फ़ाङ्गकार्यो ” ? “फ़ाङ्ग कार्यो” भनेको फ़ाङ्ग गरेर काता गर्ने ,फ़ाङ्ग गरेर वजन उचाल्ने ,फंग गरेर ब्रेकिङ्ग (फुटाउने )गर्ने,फ़ाङ्ग गरेर हतियार चलाउने,फ़ाङ्ग गरेर गोली प्रहार गर्ने ,फ़ाङ्ग गरेर धनुवाण चलाउने,फ़ाङ्ग गरेर नानचाकु चलाउने र फ़ाङ्ग गरेर भिड्ने (फाइट )हो ।

फ़ाङ्गकर्योमा सबै भन्दा पृथक र गाह्रो हो । फ़ाङ्ग नांनचाकु काता यो सबै खेल एक मिनेट भित्र को हो । राष्ट्रिय अन्तर्राष्ट्रिय खेल बनाउन मिल्ने यो खेल हो। यो खेल अब नेपालले सिक्नु पर्ने हुन्छ। अमेरिका बसेर ठकुरीले डढेलधुरामा “फ़ाङ्गकार्यो” को खेलाडी जन्माई सकेका छन्। जसको नाम हो राजेन्द्र मदाई। “फ़ाङ्गकार्यो ” निर्माणको बिषय लिएर अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कुमार कार्कीद्वारा मान्यता प्राप्त सहित पत्राचार र सम्मानपत्र प्रदान गरि सकेका छन । जसमा लेखिएको छ ”फ़ाङ्गकार्यो” नेपालको सम्पत्ति हो।

राजेन्द्र मदाईको “फ़ाङ्गकार्यो ”नान चाकु काता ” निर्माण :

राजेन्द्र मदाईलाई ठकुरीले अमेरिकामाबाट निर्देशन दिंदै “फ़ाङ्गकार्यो” मा नांन चाकुको निर्माण गर्न सिकाएका छन् । आज नेपालमा नांनचाकुको निर्माणकर्ता राजेन्द्र मदाई भएका छन्। फ़ाङ्ग गरेर एक मिनेटमा नांनचाकु चलाउनु पर्ने हुन्छ जुन धेरै नै गाह्रो कुरा हो। नानचाकु ब्रुस्लीले निकालेका हुन्

कीर्तिमानधारी ठकुरीको निर्देशनमा भएता पनि फ़ाङ्गकार्यो नानचाकु “राजेन्द्र मदाई को निर्माण हो।” यो खबरसंगै सम्पूर्ण भिडियो(श्रब्य दृश्य )उज्ज्वल ठकुरीले सार्बजनिक गरेका छन् । एउटा डढेलधुरामा बसेर एक खेलाडीले निर्देशनको भरमा निर्माण गर्न सक्छ भने भोलिको दिन ” राजेन्द्र मदाई ” ले प्रशिक्षण सुरु गर्दा खेल क्षेत्रलाई फाइदा पुग्न सक्ने छ ।

“फ़ाङ्गकार्यो ” को निर्माणमा देशलाई के फाइदा :

यो महत्पूर्ण कुरा थियो उज्ज्वल ठकुरीको लागि। यो निर्माणमा देशलाई धेरै फाइदा हुन्छ ठकुरीको भनाई छ । आज सम्म सियो बनाउन नसकेको भनि आरोप आउदा ठकुरीको मन पोल्ने गर्छ उनि भन्छन । त्यसैले आज “फ़ाङ्गकार्यो ” को निर्माण हुन् गयो गर्व गर्दै उनले भने ।

फाइदा के के हुन सक्छ :

अब “फ़ाङ्गकार्यो ” सिक्न संसारबाट नेपाल आउनु पर्ने हुन्छ। जब संसारबाट नेपाल “फ़ाङ्गकार्यो ” सिक्न नेपाल आउछन भने पर्यटन बिकाशको श्रोत बढ्ने छ। देशको आयस्रोत बढ्ने छ र नेपालको “फ़ाङ्गकार्यो ” सिकेर जान सक्नेछन । नेपाललाई बिश्वले “फ़ाङ्गकार्यो ” बाट चिन्न सक्ने छन् । यसलाई बिश्वब्यापी प्रतिस्प्रद्धामा ल्याउन सकिने छ ।

ठकुरीले अमेरिका बसेर एक खेलाडी नेपालमा जन्माए। भोलि नेपाल भरि यसरी नै अरु जन्मन सक्नेछन् ।

यी माथिका कुरा बाहेक शारीरिक तन्दुरुस्त हुने ,तल घुडा देखि माथि टाउकोसम्म रक्त संचालन राम्रो हुने र मुख्य कुरासम्पूर्ण खुट्टा एकदम बलियो हुनेछ । साथै मुटु बलियो हुन्छ।

“फ़ाङ्गकार्यो ”देशका युवापिढीमा जान सक्ने छ । “फ़ाङ्गकार्यो ” बिश्वले सिक्ने छन ।