झापा जिल्ला अन्तर पालिका स्तरीय नकआउट पुरुष भलिबल प्रतियोगिता (गौरादह गोल्डकप) को उपाधी झापा गापाको पोल्टामा युबराज रेग्मी

माघ २३ , झापा

झापा जिल्लाको गौरादह नगरपालिकाले आयोजना गरेको अन्तर पालिका स्तरित पुरुष भलिबल प्रतियोगिताको उपाधि झापा गापाले जितेको छ । उपाधिका लागि भएको फाइनल खेलमा झापा गाउँपालिका र बिर्तामोड नगरपालिका प्रतिस्पर्धाका लागि हिजो बिहिबार मैदानमा उत्रिएका थिए ।

गौरादह खेलकुद बिकास समिती द्वारा आयोजित गौरदह गोल्डकप (मेयर कप) भलिबल प्रतियोगिता २०७७ अन्तरगत बुधबार सम्पन्न सेमीफाइनल खेलबाट बिर्तामोड नगरपालिका र झापा गाउँपालिका फाइनल खेलका निम्ति चयन भएका थिए । तिब्र प्रतिस्पर्धाका बिच भएको फाइनल खेल दर्सकको बाक्लो उपस्तिथिले अझ रोमाञ्चक बनेको थियो ।
प्रतिस्पर्धामा झापा गापाले ३ सेट र बिर्तामोड नपाले २ सेटमा बिजय हासिल गर्दा झापा गाउँपालिकाले प्रथम र बिर्तामोड नगरपालिकाले द्वितीय स्थान हासिल गर्न सफल भएका थिए ।
फाइनल दुबै प्रतिस्पर्धी टिमहरु झापा जिल्लाको माइपुर्बी पालिका अन्तरगत पर्द्छ्न । बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलबाट बिर्तामोड नगरपालिकाले गौरादह नगरपालिका लाई पराजित गरि फाइनल खेलका लागि छनौट भएको थियो ।

त्यसैगरी सोहिदिनको दोस्रो सेमिफाइनल खेलबाट झापा गाउँपालिकाले दमक नगरपालिका लाई पराजित गरि फाइनल खेलमा प्रबेस सुनिश्चित गरेको थियो । नेकपाको प्रचन्ड – नेपाल समुहले बिहिबार आव्हान गरेको देस ब्यापी आम हड्तालका बाबजुद पुर्ब निर्धारित फाइनल खेल सान्तिपुर्ण बाताबरणमा सम्पन्न गरिएको गौरादह खेलकुद बिकास समितिका संयोजक तथा गौरादह नगरपालिका वडा न २ का वडा अध्यक्ष हेमन्त कार्किले स्कट नेपाल लाइ जानकारी दिएका छ्न ।

भलिबल प्रतियोगिताका विजेता टिम झापा गाउँपालिकाले नगद १ लाखको साथमा ट्रफी मेडल र प्रमाणपत्र हात पारे , त्यसै गरि उपबिजेता बिर्तामोड नगरपालिकाले नगद ५१ हजारको साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पार्न सफल भएको थियो । बन्दका बाबजुद बाक्लो रुपमा खेल हेर्न उपस्थित दर्सकहरुले रोमान्चित ढङ बाट खेल हेरिरहेका थिए । फाइनल खेल लाई हौसला प्रदान गर्न झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह खेलकुद कार्यक्रममा सामेल भएका थिए ।

गौरादह खेलकुद विकास समितिको आयोजनामा माघ १९ गतेदेखि श्री जनता माध्यमिक बिद्यालय गौरादह १ मा संचालल भएको उक्त प्रस्तिपर्धामा झापा जिल्ला भरका १३ वटा पालिकाहरुले सहभागिता जनाएका थिए । फाइनल खेल कार्यक्रममा रौनकता दिन सांस्कृतिक कार्यक्रम आयोजना गर्नुका साथै गौरादह खेलकुद विकास समिति र विद्युत बितरण केन्द्र उप-साखा गौरादहका कर्मचारी बिच मैत्रीपूर्ण भलिबल खेल सम्पन्न गरिएको थियो । मैत्रीपुर्ण खेलमा गौरादह खेलकुद बिकास समिती बिजेता बन्न सफल भएको थियो ।

फाइनल खेलमा बिजेता बन्ने विभिन्न बिधा अन्तरगत म्यान अफ द म्याच बिर्तामोड नपाका रोसन डागी , बेस्ट स्ट्राइकर बिमन खड्का( बिर्तामोड नपा ), बेस्ट बलर चर्चित कट्वाल ( झापा गापा ), बेस्ट सटर सागर भट्टराई ( झापा गापा ) , र म्यान अफ द सिरिज रोहित सिवाकोटी ( झापा गापा) बन्न सफल भएका थिए । सम्पुर्ण बिधाका बिजेता र मैत्रीपुर्ण खेलका बिजेता हरुलाइ मेडल तथा प्रमाण – पत्र सहित सम्मान गरिएको थियो ।

बिजेता टिमका सम्पुर्ण सदस्यहरुलाई गौरादह नगरपालिकाका नगर प्रमुख तथा गौरादह खेलकुद बिकास समितिका संरक्षक रोहित कुमार साहले नगद तथा पुरस्कारले सम्मान गरेका थिए ।