‘अभागी त म हुँ’ डा.शिब सुबेदीको सृजनामा

काठमाडौं – गायक कुशल बेल्वासे र गायिका सुनितामी परियारको स्वरमा लोक दोहोरी गीत ‘अभागी त म हुँ’ सार्वजनिक भएको छ । सुमधुर आवाज संगै उत्कृष्ट भिडियोका साथ उक्त गित सार्वजनिक गरिएको हो ।

आकर्षक भिडियो सहित सार्वजनिक गीतको भिडियोमा खेम सेञ्चुरी र जुना गुरुङको रोमान्स देख्न सकिन्छ । डा.शिव सुवेदीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा बाध्यताले मायालुसँग बिछोडिनु परेको भाव झल्किने दृश्यहरु समेटिएको छ । म्युजिक भिडियोलाई विनोद भण्डारीले निर्देशन गरेका हुन् ।