नाजिर हुसेन जस्तै दुरुस्तै देखिने कैलाशको अचम्मको प्रतिभा, जादुमय स्वरले सबैलाई चकित पारे हेर्नुहोस

काठमाडौं | पछिल्लो समय सामाजिक संजाल युटुब अनि टिकटकको माध्ययमबाट नयाँ नयाँ प्रतिभाहरु बाहिर आउनेक्रम एकदमै बढ्दो छ। कतिपय त युटुब लगायत टिकटकको माध्यमबाट प्रतिभाको प्रस्फुटन गरि एकदमै लोकप्रिय बनिरहेका छन् । जसको उदाहरण सुधीर श्रेष्ठ , गरिमा शर्मा, विजय पुन, एलिना चौहान, समिक्षा अधिकारी लगायत अन्य धेरै कलाकारहरु छन् । त्यस्तै, नेपाली सेलिब्रेटिसंग अनुहार मिल्दोजुल्दो देखिने भएर पनि धेरैजना चर्चामा आउने गरेका पनि छन् ।

यसैबीच, पछिल्लो केही दिन यता लोकप्रिय कलाकार नाजिर हुसेन जस्तै देखिने एक युवा मिडियामा छाइरहेका छन् । सर्लाहीका कैलाश खाती नाम गरेका ती युवक गायक बन्ने भनेर एक महिना अघि काठमाडौं आएको बताइएको छ। मीठो गीत गाउने कैलाशको काठमाडौंमा लेकसाइड टिभी लगायत अन्य केही मिडियाहरुले अन्तर्वार्ता समेत लिएका छन् । अरुले नाजिर हुसेन जस्तो देखिन्छौ भनेपनि आफूलाई नाजिर हुसेन जस्तो नलाग्ने कैलाशले अन्तर्वार्तामा बताएका छन् ।
कैलाशको बाकी कुराकानीसहितको भिडियो हेर्नुस् |