उर्लाबारीमा सोहराय पर्वको रौनक

उर्लाबारी । मोरङको उर्लाबारीमा आदिवासी सन्थाल समुदायको महान् पर्व ‘सोहराय’ को अवसरमा बृहत साकृतिक कार्यक्रम सम्पन्न गरिएको छ । उर्लाबारी —८ स्थित एभरेष्ट फन पार्कमा आयोजित कार्यक्रममा सन्थाल समुुदायको नृत्य तथा रहनसहन प्रस्तुत गरिएको थियो । ६ दिनसम्म मनाइने यो पर्वमा सांस्कृतिक रूपले पूजाआजा गर्दै मीठो परिकार खाएर रमाइलो गर्ने गरिन्छ ।

पृथक सनातन ‘विदिन धर्म’ मान्ने सन्थाल समुदायले पारम्परिक सांस्कृतिक विधिअनुसार ‘गड’ पूजा गरी यो पर्व मनाउन सुरू गर्छन् । प्रत्येक ६ दिनसम्म मनाइने यो पर्वको प्रत्येक दिनको बेग्लाबेग्लै महत्त्व हुने गरेको सन्थाल समाज उर्लाबारी ८ का अध्यक्ष तथा माझीहडम (गाउँले प्रमुख) शिव किस्कुुले बताए ।

पत्येक वर्ष यसरी नै ६ दिनसम्म यो पर्व हामीले मनाउँदै आएका छौं,’ उनले भने, ‘सबै दिनका आ–आफ्नै महत्त्व छन् ।’युवा पुस्ता विदेसिने थाले, हाम्रो भाषा संस्कृति लोप हुदै गयो, त्यहीभएर यसलाई बचाउन सबै मिलेर लागेका छौं,’
किस्कुले भने ।

सन्थाल समुदायको विभिन्न रिति रिवाज र संस्कृति जर्गेनाका लागि महिलाहरु अग्रसर भएका छन् । पुराना पुस्ताले समाल्दै आएको संस्कृति युवा पुस्तामा हस्तान्तरण गर्ने उनीहरु सकृय भएका हुन् । ‘आफ्नो रिती जोगाउन पर्‍यो नी,’ मोरङ उर्लाबारीका बुुद्धिलाल सोरेनले भने ।
प्रकृति पुजकका रुपमा लिइने सन्थाल समुदायको सँस्कृति जोगाउन सरकारले ध्यान नदिएको उनले गुनासो गरेका छन् ।