प्रधानमन्त्री ओली निष्कासित नेकपाको प्रचण्ड नेपाल समुहबाट

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ ।

सोमबार बसेको प्रचण्ड–नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले ओलीलाई साधारण सदस्यबाट हटाउँदै महासचिव विष्णु पौडेललाई पनि पदबाट हटाएको छ ।

प्रचण्ड–नेपालपक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी हटाउन पेश गरेको प्रस्तव बैठकले पारित गरेको हो ।

संसद विघटन गराएका ओली चौतर्फी आलोचित हुँदै जादा यसअघि बसेको बैठकले नै ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गेरेको थियो ।