नेपाल फिल्म सोसाइटी युके को अन्तर्राष्ट्रिय संयोजक मा नेपाल बाट राजेन्द्र भट्ट ज्यु चयन

स्कटनेपाल,

नेपाल फिल्म सोसाइटी युके को अन्तर्राष्ट्रिय संयोजक मा नेपाल बाट राजेन्द्र भट्ट ज्यु चयन हुनुभएको मा वहालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

विभिन्न मुलुकमा छरिएर रहेका नेपाली कलाकार तथा चलचित्रकर्मीलाई एकवद्ध पार्ने उद्देश्यले अमेरिका पछि बेलायतमा नेपाल फिल्म सोसाइटी को शाखा विस्तार गरिएको छ। नेपाली फिल्म लाई अन्तराष्ट्रिय स्तरमा चिनाउन लागि साथै नेपाली कलाकार तथा चलचित्रकर्मीको उत्थानको लागि यस सस्था को मुख्य योगदान रहने छ।

नेपाल फिल्म सोसाइटी युके लाइ अझ बिस्तार रुपले लैजानको लाइ केहि मुख्य देशहरुमा क्षेत्रीय संयोजक राख्ने क्रम जारि छ।

नेपाली चलचित्र क्षेत्र को अन्तरास्ट्रिय स्तरमा उन्नति, बिकास लाई लक्षित गरि यस संस्थाले आगामी दिनहरुमा काम गर्नेछ।