नेपाल प्रहरी अस्पतालमा शुभारम्भ भएको कोभिड-१९ खोप केन्द्रको निरीक्षण

काठमाडौं, २०७७ माघ १४ गते
सम्माननीय प्रधान मन्त्री केपी शर्मा ओली, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नेपाल प्रहरी अस्पताल महाराजगंजमा शुभारम्भ भएको कोभिड-१९ खोप केन्द्रको बुधबार निरीक्षण एवं अनुगमन सम्पन्न भएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले बुधबार बिहान खोप लगाएर शुभारम्भ गर्नुभएको उक्त खोप केन्द्रमा नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत १ सय जनालाई खोप लगाइएको सो अस्पतालले जनाएको छ ।

साथै उक्त केन्द्रबाट स्वास्थ्य सेवासँग सम्बन्धित अन्य १८ वटा संघसंस्थाका ३ हजार ७ सय ३५ जनालाई क्रमबद्ध रुपमा खोप लगाउने कार्यक्रम रहेको नेपाल प्रहरी अस्पतालले जनाएको छ ।

नेपाल प्रहरी अस्पतालमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको छ ।

मिति २०७७।१०।१४
नेपाल सरकारको निति अनुरुप आज मिति २०७७।१०।१४ गते बिहान १०:०० बजेबाट यस अस्पतालमा शुभारम्भ भएको कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यको आजै दिउसो १२:०० बजेको समयमा सम्माननिय प्रधानमन्त्री के. पी. शर्मा ओलीज्यूबाट निरीक्षण एंव अनुगमन भएको छ । साथै उक्त कार्यक्रममा संगठन प्रमुख श्रीमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीज्यू समेत सहभागी हुनु भएको थियो ।

साथै उक्त खोप केन्द्रमा प्रथम चरणमा स्वास्थ्यकर्मीहरुको खोप लगाउने प्रवाधान अनुरुप यस अस्पतालका मेडिकल डाईरेक्टर प्रा. प्र. अ. म. नि. डा. आशा सिंहबाट खोप लगाई शुभारम्भ गर्नु भएको थियो ।

पहिलो यस अस्पतालमा खटिएका फ्रन्टलाइनर चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव वाहन चालक, एम्बुलेन्स चालक, सफाइकर्मीलाई खोप लगाइने छ ।