सरकारलाई राष्ट्रपतिले दिईन् यस्तो सुझाव, आगामी निर्वाचनमा प्रचण्ड माधवको १० सिट पनि नआउने ओलीको दावी, हेर्नुहोस माघ १५ गतेका मुख्य समाचारहरु

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्‍वमा कोरोना भाइरस (कोभिड-१९) विरूद्धको खोप लगाउन प्रारम्भ भएको डेढ महिनाभित्रै नेपालले पनि खोप अभियान सुरू गरेकोमा खुसी व्यक्त गरेकी छन् ।
कोभिड-१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी लगायत उच्च जोखिममा रहेका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप नि:शुल्क उपलब्ध गराउने नेपाल सरकारको निर्णय सह्रानीय भएको भन्दै राष्ट्रपति भण्डारीले सबै नागरिकलाई चरणबद्धरूपमा खोपको व्यवस्था मिलाउन सरकारसँग आग्रह समेत गरेकी छन् ।

नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव समूहको १० सिट पनि नआउने दाबी गरेका छन् । बुधबार आफू निकट आदिवासी जनजाती महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षले १० सिट पनि नजित्ने दाबी गरे । हेर्नुहोस माघ १५ गतेका मुख्य समाचारहरु |