शोक वक्तब्य : नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्व सल्लाहकार, युरोपको नेपालीपत्र साप्ताहिक तथा गोरखा आवाज पाक्षिकका पूर्व सम्पादक, युकेका नेपाली समुदायका एक अग्रज डा. चन्द्र लक्सम्बाको आज फ्रिम्ली पार्क अस्पतालमा ६० वर्षको उमेरमा हृदयाघातका कारण असामयिक निधन

यस नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्व सल्लाहकार, युरोपको नेपालीपत्र साप्ताहिक तथा गोरखा आवाज पाक्षिकका पूर्व सम्पादक, युकेका नेपाली समुदायका एक अग्रज डा. चन्द्र लक्सम्बाको आज फ्रिम्ली पार्क अस्पतालमा ६० वर्षको उमेरमा हृदयाघातका कारण असामयिक निधन भएको खबरले नेपाल पत्रकार महासंघ युके शाखा स्तब्ध र मर्माहत भएको छ ।

डा.लक्सम्बाको निधनले बेलायतस्थित नेपाली समुदायले एक अभिभावक, पथ प्रदर्शक र असल अभियन्ता गुमाएको छ भने सिंगो नेपालले एक होनहार प्राज्ञ गुमाउन पुगेको छ । नेपाल पत्रकार महासंघ बेलायत शाखा नेपालीहरुले भर्खरभर्खर बेलायतको आवासीय भिसा पाउन थालेको अवस्थामा स्वर्गीय लक्सम्बाले बेलायतमा नेपाली पत्रकारिताको जग बसाउनका लागि दिनुभएको महत्वपूर्ण योगदानको सदा स्मरण गरिरहनेछ ।

यस दुखद घडीमा स्वर्गीय डा. लक्सम्बाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौँ तथा शोकाकूल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रात होस् भन्ने प्रार्थनाका साथमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।

भवदीय
नरेश खपाङ्गीमगर
अध्यक्ष
२६ जनवरी २०२१