नेपाली कथानक चलचित्र ‘म पर्खि रहन्छु’ ले पायो पिजि सर्टिफिकेट

काठमाडौं । देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘म पर्खि रहन्छ्ु’ लाई चलचित्र जाँच पास समितिले सेन्सर पास गरेको छ । लाखमान योञ्जनको निर्देशनमा निमार्ण भएको यो चलचित्रले सेन्सरबाट पिजि सर्टिफिकेट पाएको छ । यो चलचित्र हेर्नका लागि १६ वर्ष भन्दा कम उमेरकाले साथमा अभिभावक लिएर जानुपर्ने हुन्छ ।

चलचित्रमा विनोद श्रेष्ठ , कल्पना भट्टराई,पुष्प श्रेष्ठ , खेम नेपाली , डिवी बस्नेत , प्रमोद श्रेष्ठ , सारदा आर्यन , प्रवलदिप विश्वास , विनोद दुगड , कृष्ण सुवेदी , ज्ञानेन्द्र साह , वेदिका श्रेष्ठ , सितल सरकार , सागर आर्यन , विनोद सिंह लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

समाजमा घटेका विभिन्न घटनाक्रमलाई आधार पारेर चलचित्रलाई बविता श्रेष्ठले निर्माण गरेकी हुन । चलचित्रमा सुमन तामाङ , यज्ञ पराजुली , मोती को छायाँकन , हेमन तामाङको सम्पादन रहेको छ । चचित्रमा सन्तोष सरकारको पटकथा तथा सम्वाद , नविन तामाङ र राजेश लेप्चाको द्धन्द्ध रहेको छ ।

पुर्वाञ्चलका विभिन्न रमणिय स्थलहरुमा छायाँकन गरिएको चलचित्रको गीतमा डा विनोद श्रेष्ठ र सुरेश बैधको शब्द तथा गीत , भुपेन्द्र रायमाझी , रामा मण्डल र नसराज घिमिरेको संगीत रहेको छ भने मनिषा पोखरेल र रामा मण्डलको आवाजमा गीत रहेको छ । चलचित्रलाई छिटटै प्रर्दशन गर्ने तयारी भैरहेको चलचित्रका प्रस्तुत कर्ता विनोद श्रेष्ठले जानकारी दिए ।