समाज सेवी जानकी पन्त दुखि पिडित गरिब हरुको मलम पट्टि लगाउन सदैव अग्रसर !

काठमाडौँ – नेपाली कला संस्कृति तथा चलचित्र क्षेत्रलाइ बिश्वब्यापी बनाउने उदेश्यले नेपाल फिल्म सोसाईटीको युके शाखा गठन भएको छ। नेपाल फिल्म सोसाईटीको बिधान अनुरुप केन्द्रिय कार्यालय बाट शाखा खोल्ने अनुमति पाए संगै बेलायत निबासी कलाप्रेमी चलचित्रकर्मी तथा साहित्यकार जानकी पन्त जुनको अध्यक्षतामा १५ सदश्य कार्यसमिति गठन गरिएको छ।

बेलायतमा बिगत लामो समय देखी बस्दै आउनु भएको जानकी पन्त को हुन् त ?

समाज सेवी जानकी पन्त दुखि पिडित गरिब हरुको मलम पट्टि लगाउन सदैव तत्पर हुनु हुन्छ । सामाजिक संजालमा वोइरी रहेका सहयोग अपिल बिषय बस्तु मा केन्द्रित भै सकभर हरेक अभियान्ता हरु संग जोडिएर पिडित हरु को उद्धारमा लागि परेको देखिन्छ ।

उनले भर्खरै गरेको अर्को उत्कृस्ट सामाजिक सहयोग ( पुर्व सचिब नेपाल सरकार ) भिम उपाध्याय ज्यु को वाल मा देख्न सकिन्छ ।