समयसीमा जनवरी २८ सम्म ‘नाचिदेउ बसन्ती’को कभर बनाउनेले १ लाख पाउने’

काठमाडौँ : गायक दिल तामाङको म्युजिक भिडियो ‘नाचिदेउ बसन्ती’को कभर भिडियो बनाउने समयसीमा जनवरी २८ सम्म तोकिएको छ ।

प्रोडक्सनले आइतबार एक सूचना जारी गर्दै ‘नाचिदेउ बसन्ती’को कभर भिडियो बनाइसक्नु पर्ने समय सीमा तोकेको हो ।

यसअघि नै नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यले भिडियो निर्माता कम्पनीले गीतको कभर भिडियो बनाउने मध्ये एउटा उत्कृष्ट भिडियोलाई एक लाख नगदसहित सम्मान गरिने जनाएको थियो ।

यस्तै गीतको भिडियोले सार्वजनिक भएको २ हप्तामै १० लाख अर्थात् १ मिलियन भ्युज पार गरेव्को छ ।

भिमफेदी गाइज र एलिसा शर्माको दमदार अभिनय रहेको भिडयोलाइ स्टार क्याडेटको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको थियो ।

गीतमा स्वर, डि पी खनालको शब्द र शंकर थापा “स्माइल”को सगीतमा रहेको छ । गीतको भिडियोलाई निर्मल लामाको निर्देशन गरेका हुन् ।