अस्ट्रेलिया: ग्रेटर जिलोङ नेपलिज कम्युनिटिद्धारा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

एक लाखभन्दा बढीको सहभागिता हुने अस्ट्रेलियाकै ठूलोमध्येको एक बहुसांस्कृतिक महोत्सब पाको महोत्सब आयोजना गरिने अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्न पछिको ठूलो शहर जिलोङमा ग्रेटर जिलोङ नेपलिज कम्युनिटिको आयोजनामा २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।

कार्यक्रममा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनासका विस्व सल्लाहकार रामकुमार श्रेष्ठले श्री ५ बडामहाराज पृथ्वीनारायण शाहद्धारा त्यस बेलाको बाइसी चौबिसी राज्यको एकीकरण गरिदिएका कारण आज हामीहरुले नेपाली भनेर गर्ब गर्ने अबसर पाइएको कारण आजकाल बिभिन्न देशमा रहने नेपालीहरुले पनि आफू बस्ने देशमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन शुरु गरेको बताए ।

ग्रेटर जिलोङ नेपलिज कम्युनिटिका अध्यक्ष डा. सन्तोष पाण्डेले आबस्यक परे बिसे नगरचीसंग पनि सल्लाह लिने, जहाँँ जहाँँ युद्धमा जितिन्छ त्यही त्यहीका मान्छेको मन जितेर उनीहरुलाई स्थानिय जिम्मा दिंदै जाने जस्ता श्री ५ बडामहाराज पृथ्वीनारायण शाहका गुण एबं बिशेषताहरु एकीकरण सम्भब तुल्याउने मात्रै नभएर स्थायित्वको पनि कारकतत्व भएको बताए ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनासका ओसेनिया अध्यक्ष सुशिल चालिसेले पृथ्वीनारायणको त्यो बेलाको भनाइ चार जात छतिस बर्णको फूलवारी भनाइ अहिलेको सन्दर्भमा पनि उत्तिक्कै सान्दर्भिक भएको बताए ।

अस्ट्रेलियाको भिक्टोरिया राज्यको बहुसांस्कृतिक आयोगका वारवन साउथ वेष्ट क्षेत्रका क्षेत्रिय सल्लाहकार ज्ञानेन्द्र उप्रेतीले बर्तमान अवस्थामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन पहल गरिनुपर्ने महसूस गरिएकोमा ग्रेटर जिलोङ नेपलिज कम्युनिटिले पनि यो कार्यक्रम आयोजना गरेकोमा आभार प्रकट गरे ।

ग्रेटर जिलोङ नेपलिज कम्युनिटिका सचिब कुन्दन जोशीले छोटो समयका सूस्चनाका बाबजुद कार्यक्रममा उपस्थित भएर कार्यक्रम सपहल बनाएकोमा सबैलाई स्वागत गर्दै धन्यवाद प्रकट गरे ।