गायक गणेश पुन को एकल एल्बम बाटो को शिर्षक गित धेरै भो हिदेको को भिडियो

गायक गणेश पुन को एकल एल्बम बाटो को शिर्षक गित धेरै भो हिदेको को भिडियो हालै नेपालको प्रख्यात युतुब चानल highlightsnepal बाट सर्बजनिक गरिएको छ। गीतका रचनाकार नेपालका प्रख्यात रचनाकार क्षेत्र प्रताप अधिकारि हुन् भने प्रशिध्द संगीत कार दिपक जङ्गम ले अतिनै मन छुने लयमा परिणत गरेका छन ।

यस गीतका संगीत सम्योजन केहि मैना अगाडि निकैनै प्रख्यात भएको गीत देखेर तिमिलाई हेरेर तिमिलाई(तिनपाते)का म्युजिक अरेन्जर गङगा ले गरेका छन भने यस गित को छायांकन जापान को योकोहामा गरिएको हो । गीत को भाप अनुसारको भिडियो बनाउनको लागी नेपालको झल्को दिने लोकेसनको लागि निकैनै मेहनत गरेको देखिन्छ । यस भिडियो का छाँयाकार, सम्पादक र निर्देशक लक्ष्मन पुन हुन् ।

भिडियो मा नयाँ कलाकार राजु राना, दिपक सुबेदि को अभिनयले दर्शक को मन लाई अझै आक्रसित गरेको पाइन्छ। बेजिला फिल्म को निर्माण मा रहेको भिडियो यस भिडियो ले सबैको मन जित्न सफल हुनेमा बेजिला फिल्मस का चेयरम्यान सुदिप रानाले बताउछन।