रातारात भाइरल भयो सुर्य खड्का र आशा बिसीले आवाज दिएको नया दोहोरी गीत

काठमाण्डौ । विदेशको भुमिमा रहेर पनि निरन्तर नेपाली लोकदोहोरीमा कलम चलाइरहने लोकप्रिय सर्जक शिव अखेलीको शब्द तथा जापानमा रहेका गायक सुर्य खड्काको लय सिर्जना रहेको नयाँ गीत गिलास र कचौरा भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै उत्कृष्ट शब्द तथा सोहि अनुसारको लय सिर्जना रहेको सो गीतमा सुर्य खड्का र आशा विसीको आवाज रहेको छ । गीतका केहि टुक्का टिकटक र सामाजिक सञ्जालमा भाइरल भइसकेका थिए ।

सुर्य खड्काको आफ्नै युउटुुव च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा सोना केसी र सुर्य खड्काको अभिनय रहेको छ भने रविन शर्माले गीतको निर्देशन गरेका छन ।