राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री ओलीले रोष्ट्रममा थुकेपछि…(भिडियोसहित)

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना विरोधीहरूलाई कटु बचन प्रहार गर्न कहिल्यै पछि पर्दैनन्। आफ्ना अभिव्यक्तिबाट अनेक चर्चा र आलोचना कमाउने ओलीको राष्ट्रियसभाको आइतबारको बैठकको एक क्रियाकपाल पुनः विवादमा परेको छ।

संसदीय गरिमा र मर्यादा परिपालना नगरी ओलीले रोस्टममै थुकेका कारण उनको आलोचना शुरु भएको हो। रोस्टममा मात्रै होइन, ओलीले सम्बोधन गरिसकेपछि नेपाली कांग्रेस नेतृ एवं राष्ट्रियसभा सदस्य अनिता देवकोटाले प्रतिप्रश्न गर्दैगर्दा पनि ‘थु–थु’ गर्नमै व्यस्त थिए।

यसअघि, लामो सम्बोधनका क्रममा ओलीले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणबारे भनाई राख्ने क्रममा पनि रोस्टमको भित्रतर्फ थु–थु गरे। संसद् बैठक चलिरहेका बेला अवाञ्छित गतिविधि गर्न निषेध गरिएको छ। पटक–पटक सांसद्, मन्त्रीदेखि २ पटक प्रधानमन्त्री भइसकेका ओली यो विषयमा जानकार नै छन्। तर, राष्ट्रियसभाको गरिमा बिर्सिएर ओलीले थु–थु गरेको दृष्य पक्कै शोभनीय थिएन।