विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘तिमी भित्रै सार्वजनिक

काठमाडौं– विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘तिमी भित्रै…’ सार्वजनिक भएको छ । मनोजराज सिवकोटीको स्वर तथा सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा मनोज वली, सम्झना खत्री र निर्दोष पोख्रेललाई फिचर गरिएको छ ।

प्रमोद श्रेष्ठ र टिमको छायाँकन तथा ड्रोन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । फरक शैलीका गीत मार्फत डा.उपाध्यायले विभिन्न ३२ विश्व रेकर्ड राख्न सफल हुनु भएको छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित डा.उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ विश्व रकेर्ड कायम गर्नुभएको हो । डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन् ।

उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् ।

त्यस्तै उहाँका मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरू रहेका छन् । सयौं गीतका सर्जक डा. उपाध्यायका दश उपन्यास पनि पाठकमाझ आएका छन् ।

उपाध्यायको नयाँ उपन्यास ‘कफी लभ पाठकमाझ आउने तयारीमा रहेको छ ।