बेलायतमा निर्माण गरिएको सर्ट फिल्म सहारमा कोरोनाका कारण विश्वभरी …..

काठमाडौँ । कोरोना महामारीको समयमा चलचित्रका गतिबिधिहरु ठप्प भइरहेका बेला बेलायतमा निर्माण गरिएको सर्ट फिल्म सहारमा कोरोनाका कारण विश्वभरी देखिएका विभिन्न समस्या, बेरोजगारी र सम्बन्धमा परेको असरलाई मुख्य विषय बनाइएको छ । सहारामा कलाकार ध्रुव दत्त, सृजना निङ्गलेकु र पुरु राईको अभिनय रहेको छ । नायक धु्रव दत्त, मोडल एवं भ्लगर सृजना निङ्गलेकु बेलायती समुदायमा स्थापित नाम हो ।

चलचित्र सहारामा लेखन, निर्देशन पुरु राईको रहेको छ । पुरुले निर्देशन गरेको यो दोस्रो छोटो चलचित्र हो । कोरोना भाइरसका कारण बढेको बेरोजगारी र बेरोजगारीका कारण एक युवा जोडीमा उत्पन्न भएका विभिन्न सम्स्याको वियोगान्त कथा चलचित्रमा देखाउन खोजिएको निर्देशक राईले बताए । निर्देशक राईले निर्देशन गरेको यो दोस्रो सर्ट फिल्म हो । उनले यसअघि सर्ट फिल्म सम्बन्ध निर्देशन गरिसकेका छन् ।

चलचित्र सहारामा छांयाकन, सम्पादन कुशल श्रेष्ठ, स्वर संगीत आशिष राज, ब्याकग्राउण्ड म्युजिक र कलर नबिन निरौलाको रहेको छ । टुवाईको ब्यानरमा निर्माण भएको चलचित्र सर्ट फिल्म सहारा सोही चलचित्रकी अभिनेत्री सृजना निङ्गलेकुको युट्यूव च्यानलबाट रिलिज गरिएको हो ।